Comments Add Comment

लुक्लामा ६ दिनदेखि उडान अवरुद्ध, सयौं पर्यटक अलपत्र

सोलुखुम्बुको लुक्ला एयरपोर्ट । फाइल तस्वीर

८ असार, सोलुखुम्बु । तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा बिगत ६ दिनदेखि कुनै हवाइ उडान नहुँदा बाहृय पर्यटक सहित स्थाानीय मारमा परेका छन् । सगरमाथा प्रवेशद्वारको एकमात्र विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान नहुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् ।

बाक्लो हुस्सु तथा वर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा बढी उडान रद्ध भएका थिए । उडान अवरुद्ध हुँदा सयौं पर्यटक अलपत्र परेको तारा एयरका स्टेशन ईन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार तारा बाहेक अन्य एयरलायन्सले पर्यटकीय सिजन सम्पन्न भएपछि उडान बन्द गरेका छन् । आरोहणको सिजन सम्पन्न भएसँगै अन्य एयरलायन्सले पश्चिमतर्फ आफ्नो उडान केन्दि्रत गरपछि यात्रु मारमा परेका छन् ।

अन्य एयरलायन्सले पर्यटकीय सिजन बाहेक अन्य सिजनमा एउटै उडान नभर्दा स्थानीयले आक्रोश पोखेका छन् । असार २ गतेबाट तारा एयरले समेत मौसमका कारण उडान भर्न नसकेपछि अहिले बिदेशी तथा स्वदेशी यात्रुहरु पैदल यात्रा मार्फत सदरमुकाम सल्लेरी तर्फ अघि बढेका छन् ।

२ दिन लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यत्ति सहज नभएको यात्रुहरुले बताएका छन् । वर्षातको मौसम त्यसमाथि खुम्बु क्षेत्रका लागि आवश्यक खाद्यान्न ढुवानीको एकमात्र विकल्प खच्चडले बाटो बिगार्दा हिँड्न मुुस्किल रहेको खुम्बु क्षेत्रमा शिक्षण गर्दै आएका खगिन्द्र बस्नेतले बताए ।

प्रतिकुल मौसमका कारण अहिले हेलिकोप्टरले समेत लुक्लामा बिमानस्थलमा उडान भर्न सकेको छैन । फाट्टफुट्ट रुपमा कुनै समय हेलिकोप्टरले बिमानस्थलबाट करिब एक घण्टाको दुरी तल रहेको सुर्केबाट यात्रुको उद्धार गर्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment