Comments Add Comment

प्रचण्डले भने-नेपालगञ्जमाथि सौतेनी व्यवहार हुन दिन्नँ, म अभिभावकत्व ग्रहण गर्छु

८ असार, नेपालगञ्ज । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि आफूहरुमाथि सौतेनी व्यवहार हुन्छ कि भन्ने चिन्ता नगर्न नेपालगञ्जबासीलाई आग्रह गरेका छन् । नेपालगञ्जको अभिभावकत्व आफूले लिने उनको घोषणा छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा बिहीबार आयोजित माओवादी केन्द्रको चुनावी सभामा पार्टी उम्मेदवारलाई भोट माग्दै प्रचण्डले केन्द्रमा सिधै कुरा राख्ने कोही नेता भएन भनेर चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘टुहुरो जस्तो भइयो । सैतेनो व्यवहार हुने हो कि भन्ने चिन्ता रहेको पाएँ । तपाईहरुको अभिभावकत्व म ग्रहण गर्नेछु ।’

माओवादीका मेयरका उम्मेदवार दामोदर शर्मासँग आफ्नो ‘हटलाइन’ सम्पर्क रहेको भन्दै उनले भने, ‘दामोदरजीमार्फत नेपालगञ्जमा हुने गतिविधिमा सिधै सहयोग गर्नेछु । प्रचण्ड प्रत्यक्ष रुपमा तपाईहरुको साथमा छ । विकास निर्माणमा हेडक्वाटर र सरकार साथमा छ ।’

पूर्वाधारका केही समस्या रहेकाले नेपालगञ्जलाई अहिले नै महानगर बनाउन नसकिएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले केही समयकै अन्तरालमा महानगर बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले नेपालगञ्जलाई औद्योगिक हब बनाउन पहल गर्ने आश्वासन समेत दिएका छन् । आफू प्रधानमन्त्री नभएपछि आफ्नो पार्टी सरकारमा रहेको भन्दै उनले भने, ‘नेपालगञ्जलाई कदापी पछि पर्न दिइने छैन । पश्चिम नेपालको हब बनाउन पहल गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment