Comments Add Comment

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मी नियुक्त

बाबुराम रेग्मी बने विशेष अदालतको सदस्य

 

८ असार, काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य सचिवमा डा. रेग्मीको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । डा. रेग्मी स्वास्थ्य सचिवका लागि एकमात्र उम्मेदवार थिइन् । उनी मन्त्रालयको स्वास्थ्य विशेषसमेत हुन् ।

रेग्मीको नियुक्तिसँगै नेपाल सरकारमा बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । हाल याम कुमारी खतिवडा सचिव पदमा छिन् ।

निजामती सेवामा महिला सचिवको संख्या अत्यन्त न्यून छ । यसअघि बृन्दा हाडा, ऋद्धिबाबा जोशी (प्रधान) सचिव बनेका थिए । जीवन प्रभा लामा सूचना आयोगमा कायम मुकायम सचिव बनेकी थिइन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment