Comments Add Comment

अस्ट्रेलियामा हुने ‘फुटी’ मा नेपाली समुदाय सहभागी हुने

२२ जुन, एडीलेड । साउथ अस्ट्रेलियन नेशनल फुटबल लिगले आयोजना गरेको बहुसांस्कृतिक महिना बिशेष कार्यक्रममा साउथ अस्ट्रेलियाका नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् ।

यहाँ रहेका विभिन्न बहुसांस्कृतिक समुदायलाई अस्ट्रेलियाको नियममा खेलिने ‘फुटी’ अर्थात फुटबलको बारेमा जानकारी दिने र खेलप्रति युवा पुस्तालाई आकर्षण गर्न यहाँ रहेको ग्लेनेल्ग फुटबल क्लबले यही जुन २४ तारिकको दिन गर्ने लागेको बिशेष कार्यक्रममा संस्कृतिक प्रस्तुतिसहित नेपाली समुदायको उपस्थिति रहने क्लबका हार्मीनी एमबेस्डर अबिषेक प्रसाद जोशीले बताए ।

अस्ट्रेलियमा ठूलो संख्यामा दर्शक आर्कषित गर्ने यस फुटी खेलको बारेमा थोरै मात्र नेपालीहरु जानकार भएको हुदा यहाँको कल्चरको रुपमा रहेको यस खेलको बारेमा जानकारी दिन यस प्रकारको कार्यक्रम आयोजना हुन लागेको जोशीले बताए ।

उनले कार्यक्रममा नेपाली समुदायको सहभागिताको बारेमा थप्दै भने -‘यस अवसरलाई सदुपयोग गर्दै नेपाली कला संस्कृति झल्किने प्रस्तुतिहरु हामीले उक्त दिन हुने कार्यक्रममा प्रस्तुत गर्नेछौ साथै नेपाली समुदायबाट नेपाली पोशाकमा दर्शकहरुको उपस्थिति समेत रहनेछ ।’

दर्शकहरुले उक्त दिन हुने खेल समेत निः शुल्क रुपमा अबलोकन गर्न पाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment