Comments Add Comment

राजपा चुनावमा सहभागी हुनु सरकारको सफलताः गृहमन्त्री

८ असार, विराटनगर । गृहमन्त्री जर्नादन शर्माले स्वतन्त्र उम्मेदवारका रुपमा राजपा स्थानीय चुनावमा सहभागी भएको भन्दै यो सरकारको सफलता भएको बताएका छन् ।

लामो छलफल र सम्वादपछि चुनाव वाहिष्कार गरेको राष्ट्रिय जनता पार्टी स्वतन्त्र रुपमा भएपनि चुनावमा सहभागी भएको गृहमन्त्री शर्माको दाबी छ ।

एक नम्वर प्रदेशस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीलाई बिहीबार विराटनगरमा सम्वोधन गदै गृहमन्त्री शर्माले राजपा र विप्लव समूह स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा सहभागी हुनु सरकारको सफलता भएको बताए । उनले भने, के कति सहभागिता रहृयो । त्यो दोस्रो कुरा हो ।’

अब चुनाव निष्पक्ष, भयरहित, धाँधलीरहित रुपमा सम्पन्न गर्नु सरकारकोे प्रमुख दायित्व भएको उनले बताए ।

एक दिने गोष्ठीमा आसार १४ गते हुने चुनाव अघि र पछिको सुरक्षा प्रवन्धबारे छलफल हुनेछ । गोष्ठीमा गृहसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरी शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका वलाधिकृत रथी वलदेवराज महतको सहभागी रहेको छ ।

साथै एक नम्वर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकार,सुरक्षा प्रमुख एव क्षेत्रिय प्रमुखको पनि सहभागी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment