Comments Add Comment

पोखराका दृष्टिविहीनले ‘उज्यालो बजार’ चलाउने

८ असार, पोखरा । कास्कीका दृष्टिविहीन, न्यून दृष्टि तथा अपाङ्गहरुलाई उद्यमशील बनाउन पोखरामा उज्यालो बजार सञ्चालन गरिने भएको छ ।

लायन्स क्लव अफ सप्तगण्डकी, कास्की नेत्रहिन् संघ, समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उद्यमी कृषी सहकारी संस्था लिमिटेडसहित केही कृयाशिल पोखरेली समाजसेवी तथा उद्यमी ब्यबसायीहरुको पहलमा बजार सञ्चालनमा आउन लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । बजार पोखराको सिद्धार्थचोकस्थित सिद्धार्थ मिनिमार्केटमा सञ्चालन हुने बताइएको छ ।

बजार सञ्चालनका लागि ३० वटा सटर भाडामा लिइएको र २१ जना दृष्टिविहीन उद्यमशीलताका लागि छनौट गरिएको सिद्धार्थ मिनिमार्केटका अध्यक्ष पार्वतीकुमारी शर्माले जानकारी दिइन् ।

बजार साउन १ गतेदेखि सञ्चालनमा आउने उनले बताइन् । बजारमा दैनिक उपभोग्य बस्तुहरु जस्तै खाद्यान्न, तरकारी, फलफुल, दूध, मासु, चमेना तथा फेन्सी सामानहरु विक्रीका लागि राखिने उनको भनाइ छ ।

ब्यबसाय सञ्चालनका लागि केही रकम अनुदान, केही सहुलियत ऋण र ३ महिना सटर भाडा निःशुल्क गरिने कास्की नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पसल सञ्चालनमा घर परिवारले सहयोग गर्नसक्ने बताउँदै उनले दृष्टिविहिनले २५ हजार भने आफूले पनि तिर्नुपर्ने स्पष्ट पारे । त्यो रकम जिम्मेबारी बोधका लागि मात्र तिर्नुपर्ने ब्यबस्था गरिएको उनको भनाइ छ ।

उनका अनुसार पसल सञ्चालनका लागि आवश्यक सामानहरु उधारो ल्याउने ब्यबस्था पनि मिलाइनेछ । ब्यबसाय सञ्चालनबाट आएको नाफाबाट दृष्टिविहिन ब्यबसायीले ऋण तिर्दै जानुपर्ने र सो रकम अन्य दृष्टिविहिन्को लागि लगानी गरिने उनले बताए ।

उनले उज्यालो अभियानले दृष्टिविहिन् तथा अपाङ्गताका लागि साँच्चिकै उज्यालो ल्याउने विश्वास व्यक्त गरे । उज्यालो बजार सञ्चालनका लागि उज्यालो प्रतिष्ठान गठन गरिएको छ । सो प्रतिष्ठानले बजार सञ्चालनका लागि आवश्यक खर्च ब्यबस्थापन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

३ करोड खर्च लाग्ने अनुमान गरिएको सो बजार सञ्चालनका लागि हालसम्म १० लाख संकलन भईसकेको र बाँकी सहयोगीहरुबाटै संकलन गरिने अध्यक्ष शर्माले बताइन् ।

केही सहयोग दिएर जिम्मेबारीबाट पन्छिनुभन्दा सीप दिएर आत्मनिर्भर बनाउन आफूहरुले पहल गरेको बताउँदै उनले भनिन्,’हामीले माछा मारेर दिने हैन, माछा मार्न नै सिकाउने उद्धेश्यले अभियान सञ्चालन गरेका हौं, यसका लागि सबैले सहयोग गर्नुपर्छ ।’

यो पहिलो चरण सफल भए पोखराका अन्य चोकहरुमा पनि यस्तो बजार बिस्तार गर्ने उनले बताईन् ।

यसैबीच, प्रष्ठिानले दृष्टिविहिन् तथा अपाङ्गहरुलाई उज्यालो अभियान अन्तर्गत उद्यमशील बनाउने उद्धेश्यलाई सार्थकता दिनका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ ।

२०६८ को जनगणना अनुसार कास्कीमा ९५ हजार दृष्टिविहिन् रहेका छन् । कास्कीमा भने १ हजार ४ सय ४५ जना दृष्टिविहिन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment