Comments Add Comment

लेटाङमा कांग्रेस वडा सदस्य उम्मेदवारको निधन


८ असार विराटनगर । मोरङको लेटाङ नगरपालिका अन्तर्गत वडा नम्वर ६ वाट खुल्ला सदस्य वनेका मात्रिकाप्रसाद भण्डारीको निधन भएको छ । उनीे नेपाली कांग्रेसका उम्मेदवार थिए ।

कांग्रेस जिल्ला अध्यक्ष डिकबहादुर लिम्बुका अनुसार ५६ वर्षीय भण्डारीको बिहीबार बिहान ११ वजे निधन भएको हो । चुनावी घरदैलो कार्यक्रममा हिंड्ने क्रममा ४/५ दिनदेखि भण्डारी मुटु सम्बन्धी विरामवाट थलिएका थिए ।

झापाको दमकको एक अस्पतालमा उपचार गराएर घर र्फकने क्रममा भण्डारीको बाटोमै मृत्यु भएको छ ।

२०४६ सालदेखि कांग्रेसमा आबद्ध भण्डारीका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

उम्मेदवारको निधन भएका कारण भण्डारीका स्थानमा पुनः मनोनयन दर्ता गरिने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment