Comments Add Comment

ओखलढुंगामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, वडा सचिव घाइते

७ असार, ओखढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका-७,पात्लेमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस कार्यकर्ता पनि छन् ।

कांग्रेस उम्मेद्वारले टाँसेको प्रचार सामाग्री एमाले कार्यकर्ताले च्यातेको निहुँमा झडप भएको थियो । कांग्रेस वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्दि्रय सदस्य दिपक फुयाँलले बताए । उनका अनुसार घाइतेको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ ।

जिल्लाप्रहरीकाप्रहरी निरिक्षक टिका कार्कीले आफूले थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल तर्फ पठाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment