Comments Add Comment

चीनमा कुकुरको मासु किन खाइन्छ ?

चीनको युलिन शहरमा विवादित ‘डग मिट फेस्टिवल’ सुरु भएको छ । यसअघि खबरहरु आएको थियो कि चीन सरकारले यसमा रोक लगाएको वा यसको व्यापकता कम गरेको छ ।

चीनको गुवांशी प्रान्तमा हरेक वर्ष कुकुरको मासु खानका लागि मानिसहरु एकजुट हुछन् । यस वर्षको सुरुवातमा अमेरिकी सञ्चारमाध्यमले दावी गरेको थियो कि स्थानीय प्रशासनले मासु बिक्रेताहरुलाई कुकुरको मासु नबेच्न उर्दी जारी गरेका थिए ।

यद्यपि स्टल राखेकाहरुले भनेका छन् कि उनीहरुले यसबारेमा औपचारिक रुपमा केहि जानकारी आएको छैन । १५ मेमा सरकारी अधिकारीले पुष्टि गरे कि कुकुरको मासुमा कुनै नियन्त्रण गरिएको छैन ।

युलिन शहरमा बुधबार देखिएको दृश्यमा मारिएका कुकुरलाई हुकमा टाँगिएको थियो । सडकमा पुलिसको उपस्थिति पनि त्यतिबेला निक्कै देखिएको थियो ।

एक अधिकारकर्मीले बीबीसीलाई बताए अनुसार पुलिसले त्यस बजारमा प्रबेश गर्न प्रतिबन्ध लगाइदिएको छ, जहाँ जिउँदो कुकुर बेचिएको थियो ।

पछिल्लो वर्ष केहि स्टल मालिक तथा कार्यकर्ताबीच कुकुरलाई नियन्त्रणमुक्त गर्नका लागि हात हालाहाल भएको थियो । यहाँ ‘डग मिट फेस्टिवल’को सुरुवात १० वर्ष पहिले सुरु भएको थियो । यसै कारणले यस शहर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चाको केन्द्रमा छ ।

कुकुरको मासु खाँदा के समस्या ?

यो सबै समस्याको जड जनावरप्रतिको क्रुरता तथा चीनमा कुकुरबारे मानिसको बदलिँदो व्यवहार हो । यहाँका बिक्रेता तथा स्थानीयको भनाइ छ कि कुकुरलाई मानवीय तरिकाले नै मारिन्छ । उनीहरुले भने कि कुकुरको मासु खानु भनेको सुंगुर, गोरु वा कुखुराको मासु खानुजस्तै हो ।

चीनमा कुकुरको मासु खाने प्रचलन प्राचीन कालदेखि नै रहँदै आएको हो । दक्षिण कोरिया तथा अन्य केहि एसियाली मुलुकहरुमा पनि कुकुरको मासु खाइन्छ ।

जो कुकुरको मासु खानेका पक्षमा छन्, उनीहरुको मान्यता यो छ कि हाम्रो तौर तरिकामा दख्खल दिने ती बिदेशीहरु को हुन् ?

केहि चिनियाँहरुको मान्यता के पनि छ भने गर्मी महिनामा कुकुरको मासु खानु लाभकारी हुन्छ ।

यतिसम्म कि जो कुकुरको मासु खादैनन्, उनीहरु पनि यस परम्परालाई यसकारण बचाउ गर्दैछन् कि जवसम्म कुकुरको चोरी हुँदैन र उनीहरुलाई अमानवीय तरिकाले मारिँदैन, उनीहरुलाई कुनै आपत्ती छैन ।

यद्यपि आलोचकहरुले भने कुकुरलाई दोस्रो प्रान्तबाट पिजडामा राखेर ल्याइन्छ र निक्कै क्रुरतापूर्वक मारिन्छ । अन्य अधिकारकर्मीहरुले भने घरपालुवा कुकुरको चोरीसमेत हुने गरेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment