Comments Add Comment

शुभम पावरले ६ लाख कित्ता सेयर जारी गर्ने


८ असार, काठमाडौं । शुभम पावर लिमिटेडले ६ लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना रहेको संखुवासभाका प्रभावित क्षेत्रका बासिन्दाको लागि २ लाख कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषहरुका लागि ४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले करिब १ मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको गत चैतसम्ममा सञ्चित नोक्सान मात्रै ३ करोड २० लाख रहेको छ ।

विगत ३/४ वर्षदेखि अधिकत्तम ५० प्रतिशत पावर लोड फ्याक्टर विद्युत् उत्पादन गरिरहेको कम्पनीको यो क्षमता सम्झौता अनुसार ७५ प्रतिशत हुनुपर्ने थियो ।

यो कम्पनी सञ्चालनमा आएको २५ वर्षपछि पनि सरकारलाई हस्तान्तरण गर्न नपर्ने इक्रा नेपालले उल्लेख गरेको छ । सबैभन्दा कमजोर रेटिङ ग्रेड ५ प्रदान गरेको इक्राका अनुसार कम्पनीले आय कर र सरकारलाई तिर्नुपर्ने रोयल्टीमा पनि छुट पाएको छ ।

कम्पनीको व्यवसायिक उत्पादन पनि ३० महिना ढिला अर्थात् जुलाई २०११ बाट भएको थियो । कम्पनीले उत्पादन गरेको विद्युत् बर्षायाम प्रतिमेगावाट ३.९० रुपैयाँको दरमा र हिउदको लागि प्रतिमेगावाट ५.५२ रुपैयाँको दरमा किन्ने गरि विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । यो दरमा कुनै पनि वृद्धि नहुने गरि सम्झौता भएको हो ।

कम्पनीको कर्जा भुक्तानी अवधिलाई साढे ८ बर्षबाट लम्ब्याइएर २० वर्ष पुयाइएर ऋण दिन बैंकले सहज बनाइदिएको छ । गत चैतसम्ममा कम्पनीको दिर्घकालिन कर्जा ११ करोड रुपैयाँ रहेको छ । कम्पनीले कर्जा भुक्तानीको उदेश्यले पनि सेयर जारी गर्न लागेको हो ।

कम्पनी २०१६ मा भने ३५ लाख रुपैयाँ नाफामा आउन सकेको थियो । कम्पनीको ठुला साना गरेर ३२ प्रवद्र्धकहरु रहेका छन् । कम्पनीमा रिभर फल्स पावर लिमिटेडको ७०.२० प्रतिशत, न्याग्दी ग्रुप पावर नेपालको १२.३० प्रतिशत लगानी रहेको छ । यी दुवै कम्पनीमा प्रवद्र्धक शैलेन्द्र गुरागाई र उनीसम्बद्धहरुको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment