Comments Add Comment

‘अष्ट्रेलियन नागरिकताका लागि विश्वविद्यालयस्तरको अंग्रेजी चाहिने कूरा हल्ला मात्र’

आइइएलटिएस एकेडेमिक टेस्ट पनि आवश्यक नपर्ने


२२ जुन, सिड्नी । अस्ट्रेलियाका अध्यागमनमन्त्री पिटर डुट्टोनले सो देशको नागरिकताका लागि विश्वविद्यालयस्तरको अंग्रेजी वाध्यात्मक बनाउन लागिएको भन्ने लेवर पार्टीको दावीलाई प्रायोजित हल्लाको संज्ञा दिएका छन् ।

लेवर पार्टीले मंगलबार संघीय सरकारले ल्याएको अस्ट्रेलियन नागरिकता सम्बन्धी प्रावधानमा परिवर्तनको खाकालाई अस्वीकार गरेको थियो ।

प्रस्तावित परिवर्तनका विषयमा छलफल गर्न मंगलबार बिहान आयोजित लेवरको ककस बैठकले सरकारको प्रस्ताव एक मतले अस्वीकार गरेको प्रवक्ता टोनी बुर्कले बताएका छन् ।

लेवरले कठिन स्तरको नयाँ एकल अंग्रेजी परीक्षालाई कडा रुपमा विरोध गरेको छ । नयाँ नागरिकहरुका लागि केही विश्वविद्यालयद्वारा माग गरिने अंग्रेजीको स्तर हासिल गर्नु आवश्यक नरहेको ब्रुकले बताएका छन् ।

‘धेरै ठूलो संख्यामा अस्ट्रेलियनह? यो परिक्षामा आवश्यक पर्ने अंग्रेजीको स्तरमा पुग्न सक्दैनन्,’ बुर्कले भने, ‘अष्ट्रेलियामा नै जन्मेका धेरै मानिसहरु पनि त्यो स्तरको अंग्रेजीमा पुग्न सक्दैनन् ।’

तर अध्यागमन मन्त्री डुट्टोनले भने लेवरको आरोप खण्डन गरे । एउटा प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हाल संसदमा रहेको नागरिकता सम्बन्धी विधेयकमा विश्वविद्यालयस्तरको अंग्रेजी चाहिने कुनै प्रावधान छैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लेवरको झूटो दावीभन्दा विपरित अब अप्रवासन वा नागरिकता प्रक्रियामा आइइएलटिएस एकेडेमिक टेस्ट आवश्यक पर्ने छैन । अंग्रजीको जनरल ट्रेनिङलाई स्वीकार गरिने छ ।’

अस्ट्रेलियनहरुले अत्यन्तै उचित मान्न सक्ने यो विधेयकलाई बिरोध गर्नुको कारण के हो भन्ने लेवरले प्रष्ट पार्नुपर्ने डुट्टोनको माग छ ।

आइइएलटिएस जनरल ट्रेनिङ टेस्ट ती व्यक्तिह?का लागि हो जो माध्यमिक शिक्षाका लागि, कामका लागि वा तालिम कार्यक्रमका लागि अंग्रेजी बोलिने देशहरुमा जान्छन् ।

अस्ट्रेलिया, क्यानाडा, न्यूजिल्यान्ड र बेलायतमा आप्रवासनका लागि पनि यो आवश्यक छ ।

यसैगरी आइइएलटिएस एकेडेमिक टेस्ट ती व्यक्तिहरुका लागि हो जसले कुनै अंग्रेजी बोलिने वातावरणमा व्यवसायिक दर्ता वा उच्च शिक्षाका लागि आवेदन गरिरहेका हुन्छन् ।

-एसबीएसबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment