Comments Add Comment

पत्याउनु हुन्छ, ९ वर्षदेखि ‘हावा खाएर’ बाँचिरहेको छ यो जोडी !

कुनै पनि मानिस खानेकुरा नखाइकन कति दिनसम्म बाँच्न सक्ला ? अमेरिकामा एक दम्पत्ति ९ वर्षदेखि खानेकुरा नखाइकन बाँचेका छन् भन्ने कुरा पत्याउनुहुन्छ ? समाचार अनुसार, त्यो दम्पत्तिलाई खाना खाने कुनै आवश्यकता नै महसुस हुँदैन रे । यो व्रह्माण्डको ऊर्जा नै आफ्नो पोषणका लागि पर्याप्त भएको दाबी उनीहरुको छ ।

३४ वर्षकी क्यामिला केस्टेलो र उनका पति ३६ वर्षका अकाही रिकार्डो क्यालिफोर्नियामा बस्दछन् ।
आफू गर्भवती हुँदासमेत केही नखाएको दाबी क्यामिलाले गरेकी छन् । जबकि त्यस्तो समयमा आमा र बच्चा दुवैको पोषणका लागि पर्याप्त पोषिलो खानेकुरा खानुपर्दछ ।उनीहरु इक्वेडर आउजाउ गर्दछन् । आफूहरुले सन् २००८ देखि खानेकुरा नखाएको दाबी उनीहरुको छ । पछिल्लो तीन वर्षदेखि त अन्नको कुनै गेडा नचाखेको बताउँछन् । उनीहरुले मुखमै केही नपार्ने चाहिँ होइन । हप्तामा ती पटक एक–दुई टुक्रा फलफूल वा सागपात खान्छन् ।

केही नखाँदा पनि क्यामिलाले स्वस्थ बच्चा पाइन् । उनीहरुका दुई सन्तान छन् ।

आफुहरुले आफ्नो स्वासबाटै ऊर्जा र पोषण प्राप्त गर्ने जिकिर उक्त दम्पत्तिको छ । यस्तो पद्दतिलाई ब्रेथरियनिज्म भनिन्छ । यस्तो क्षमता भएका मानिसहरुलाई ब्रेथरियन भनिन्छ । यो जोडी पनि पूर्णरुपमा ब्रह्माण्डको उर्जाबाट मानिस बाँच्न सक्दछ भन्ने विश्वास गर्दछ ।

अन्नविहीन जीवनशैलीले आफूहरुलाई स्वस्थ बनाएको र खानामा खर्च घटेका कारण घुमफिर तथा अन्य व्यक्तिगत रुचीका काममा खर्च गर्न सकेको उनीहरु बताउँछन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment