Comments Add Comment

कलेजोलाई स्वस्थ्य राख्ने १० काइदा

अहिलको खानपान शैलीले सबैभन्दा बढी कलेजोमा असर गरेको छ । हावर्ड मेडिकल स्कुलको अध्ययनले यहि तथ्य सार्वजनिक गरेको छ । हामीलाई थाहै छ, शरीरमा पैदा हुने विकारयुक्त तत्व सफा गर्ने काम कलेजोले गर्छ । त्यही कारण कलेजोमा यस्ता तत्व जम्मा हुन्छ, जसलाई सफा गर्नु एकदमै जरुरी हुन्छ ।

कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ ।
विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।कसरी गर्ने कलेजोको सफाई ?

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

दालचिनी

यसमा ग्लूकोज र फक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

कागति

कागतिमा साइटि्रक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट पि|m रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment