Comments Add Comment

माओवादी सांसदद्वारा एलडीओमाथि हातपातको प्रयास

८ असार, सप्तरी । नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।

पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् । एक दर्जन बढी व्यक्तिलाई लिएर पुगेका सांसद यादवले पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् ।

‘स्थानीय विकास अधिकारीज्यू कार्यालयमै रहँदा एक्कासी आउनुभएका उहाँले ढोकामा हिर्काउन थाल्नुभयो,’ एक कर्मचारीले भने, ‘ढोकामा हिर्काउँदै भित्र जान थालेपछि पोखरेलज्यूको अङ्गरक्षक र हामीले भित्र गई ढोका लगाएर बचाएका छौं ।’

स्थानीय विकास अधिकारी पोखरेलले भित्रबाट ढोका नलगाएको भए आफू कुटिन सक्ने अवस्था आएको बताए । उनले तत्कालै कर्मचारीहरु आएकाले आफूलाई केहि नभएको सुनाए ।

यादवको गाउँ लालापट्टीमा गएको योजनालाई लिएर आफूमाथि खनिएको उनले बताए । गएको योजनामा कांग्रेसका नेता र यादवबीच द्वन्द्व रहेको बताउँदै आफू कसैको कुरा नसुनी वास्तविकता अनुसार काम गर्न खोजेपनि आफूमाथि दुर्व्यवहारको प्रयास भएको उनले दाबी गरे ।

सांसद यादवले भने आफूले त्यस्तो कुनै काम नगरेको दाबी गरे । पोखरेलले कांग्रेसका नेताहरुको मात्रै कुरा सुन्ने गरेको र आफूहरुको कुनै कुरा सुन्न नसकेको उनको आरोप छ । उनले आफू यो कुरा भन्न मात्रै गएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment