Comments Add Comment

भरतपुरमा पुनः मतदान गर्ने निर्णय कानुनसम्मतः प्रमुख निर्वाचन आयुक्त

८ असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरको वडा न. १९ मा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले मुख्य निर्वाचन अधिकृत आफै कानुनको ज्ञाता भएकाले पनि उनीहरुले दिएको सुझावलाई मान्न निर्वाचन आयोग बाध्य हुने बताए ।स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० मा टेकेर भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय लिइएको उनले बताए । कुन अवस्थामा पुनः मतगणना वा मतदान गर्ने भनेर कानुनमै उल्लेख गरिएको भन्दै उनले त्यस अनुसार निर्णय लिन आफूहरु समक्ष रहेको यादवले बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment