Comments Add Comment

अाज ५१३ भूकम्पपीडितले पाए ट्याक्सी, क-कसलाई पर्‍यो चिठ्ठा ? (सूचीसहित)

८ असार, काठमाडौं । बिहीबार ५१३ भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका छन् । सिन्धुपाल्चोक, दोलखा र सिन्धुली पीडितहरुले ट्याक्सीको नम्बर पाएका हुन् ।

काठमाडौंमा च्यासलमा गरिएको गोलाप्रथाबाट सिन्धुपाल्चोकका २५३, दोलखाका २१४ र सिन्धुलीका ४६ पीडित परिवारले ट्याक्सीको प्लेट पाएका हुन् ।

हिजो भूकम्प प्रभावित तीन जिल्लाका ४९२ जनाले ट्याक्सीको नम्बर पाएका थिए । भोलि शुक्रबारसम्म १४ जिल्लाका भूकम्पपीडितका लागि १५ सय थान ट्याक्सीको नम्बर वितरण हुनेछ ।

यातायात व्यवस्था विभागले यसका लागि पीडिको आवेदन लिएको थियो । र, बुधबारदेखि गोलाप्रथा सुरु भएको थियो ।

बुधबार काभ्रे, नुवाकोट र रामेछापको गोलाप्राथा भएको थियो भने भोलि काठमाडाैं, भक्तपुर, ललिलतपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका पीडितले कोटाअनुसार ट्याक्सी नम्बर प्लेट पाउनेछन् ।

क-कसलाई पर्‍यो चिठ्ठा ? (सूची हेर्नुस्)

सिन्धुपाल्चोकका विजेता

दोलखाका विजेता

सिन्धुलीका विजेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment