Comments Add Comment

एनसेलको ‘इन्टरनेशनल कल प्याक’,२.५० रुपैयाँ प्रतिमिनेटमै विदेशमा फोन

८ असार काठमाडौं । विदेशमा रहेका आफन्तसंग नेपालीहरुले सस्तोमा फोनमार्फत कुराकानी गर्न सकुन् भनेर ऐनसेलले इन्टरनेशनल कल प्याक योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्र्तगत एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहितमात्र २ रुपैयाँ ५० पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।

भोलि शुक्रबारदेखि लागु हुने यस कल प्याक योजना अन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित रु २५ मा १० मिनेट अन्र्तराष्ट्रिय टक टाइमको फाइदा लिन सक्नेछन् । यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले एस्टि्रक्स १७१०७ ह्यास डायल गरी निर्देश्ानअनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार यो प्याकजति पटक पनि लिन सक्नेछन् ।

“विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहन योगदान पुर्‍याउने यो इन्टरन्ोशनल कल प्याक ल्याउन पाउँदा हामी हषिर्त छौ । लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौ,”एनसेलका संवाद विज्ञ मिलनशर्माले भने ।

प्याकअन्तर्गत अन्तर्राष्ट्रिय कलको लागिप्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कल गर्दा लाग्ने विद्यमान शुल्क लाग्नेछ । ग्राहकले एनसेलको आधिकारीक वेबसाइटमा गएर विभिन्न देशका लागि लाग्ने कलको शुल्क हेर्न सक्छन् ।

यस इन्टरनेशनलकल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुनेछ । यस प्याकको लागि पल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनका लागि एस्टि्रक्स १०१ ह्यास डायल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment