Comments Add Comment

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक ।

९ असार, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् ।

सोही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ ।

पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ नेतृत्वको टोली पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए । सोही क्रममा माथिबाट झरेको पहिरोले ना १ झ १३९० नम्बरको प्रहरी भ्यान पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलबाट दुई जना प्रहरीको शव निकालिएको छ । प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दिपक मास्केको शव फेला परेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । थापाका अनुसार प्रहरी जवानहरु सन्दिप कार्की र लिलबहादुर चेपाङको खोजी कार्य जारी छ ।

पहिरोसँगै त्रिशुली नदी किनारमा खसेको ट्रक ।

प्रहरीका अनुसार ना ५ ख ७८२७ नम्बरको ट्रक पहिरोले सोहोरेर त्रिशुली नदीमा खसाएको छ । ट्रकका सहचालक मकवानपुर मनहरीका १९ वर्षीय सानु भोलन गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि भरतपुर ल्याएको छ । ट्रक चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख दिपक थापा, ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त लगायतको टोली पुगेको छ ।

पहिरोका कारण बाटो अबरुद्ध भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनका सैयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment