Comments Add Comment

टीकापुरको रोचक प्रतिष्पर्धाः मालिकसँग भिड्दै कमैया

९ असार, काठमाडौं । मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन् । ०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मेहनतले सफलताको सिँढी चढिरहेकी छन् । १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सदेशनीको जीवनयात्रा निकै कष्टकर छ । उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन् ।

घरको आर्थिक अवस्था दयनीय भएपछि उनले स्कुल जाने उमेरलाई इँटाभट्टामा सीमित गर्नुपर्यो । काँचो माटोसँग लड्दालड्दै उनी कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिइन् । १४ वर्षको उमेरमा बाबुआमाले इँटाभट्टामा सँगै काम गर्ने वसन्तलाल चौधरीसँग बिहे गरिदिए ।

इँटाभट्टाको काम निकै जोखिमपूर्ण थियो । रातिको समयमा काम गर्नुपथ्र्यो । एक हजार इँटा तयार गरेपछि ३० रुपैयाँ पाइन्थ्यो । त्यो पनि वर्षको ६ महिनामात्रै । बाँकी ६ महिना बेरोजगार ।

तिनै सुदेशनी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी छन् । नेपाल लोकतान्त्रिक फोरमबाट उपप्रमुख उम्मेदवार बनेकी सुदेशनीका प्रतिस्पर्धी कांग्रेसकी ईश्वरी विष्टसहित ८ जना छन् । केही वर्षअघि विष्टकै इँटाभट्टामा काम गर्दै आएकी सुदेशनीले अहिले उनैसँग नेतृत्वको लागि प्रतिष्पर्धामा छिन् । बिहानदेखि रातिसम्म निर्वाचन प्रचारमा खटिरहेकी सुदेशनी भन्छिन्, ‘समय र परिस्थितिले मान्छेलाई फरक जिम्मेवारीमा पुर्याउँदो  रहेछ ।’ नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment