Comments Add Comment

कांग्रेसले अब विकासको मुहान खोल्छ : पौडेल

९ असार, बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि कांग्रेसले नै विकासको मुहान खोल्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबासमा नेपाली कांग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास कांग्रेसले नै गरेको दाबी गरे ।

उनले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पुर्याएको र तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने कामसमेत नेपाली कांग्रेसले पटकपटक सम्पन्न गरेको धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment