Comments Add Comment

पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव हुने

विश्व आदिवासी दिवसको नियमित कार्यक्रम बनाइने

 

२३ जुन, न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले अमेरिकाको न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव आयोजना गर्दै छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको चलचित्र महोत्सव आगामी अगष्ट ११ देखि १३ तारिखसम्म चल्ने छ ।

फिप्नाले न्यूयोर्कको ज्याक्सन हाईट्समा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक एवं फिप्नाका बरिष्ठ उपाध्यक्ष मणि वाङ्देलले महोत्सवको तयारीका बारेमा जानकारी दिए ।

आदिवासी जनजातिको संस्कृति प्रबर्द्धन हुने विश्वास

आयोजकले मूलधारका चलचित्रहरुको भिडमा आदिवासी जनजाति र सीमान्तकृत ज्ाातिहरुकोे कला, भाषा र संस्कृतिलाई आधार बनाएर निर्माण भएका कयौं चलचित्रहरुले उचित बजार, विकास र प्रर्बद्धन नपाइरहेको अवस्थामा यसको प्रबर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।

यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राबिधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सविस्तार पहुँच बढाउने वाङ्देलको भनाइ छ ।

फिप्नाले यो महोत्सवलाई हरेक वर्ष विश्व आदिवासी दिवसको अवसरमा नियमित कार्यक्रमको रुपमा आयोजना गर्ने समेत घोषणा गरेको छ ।

१५ वटा चलचित्रको प्रदर्शन हुने, ९ विधामा अवार्ड वितरण गरिने

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विगत ५ वर्ष भित्र निमार्ण भएका १५ -बढिमा) वटा बिभिन्न जाति र समुदायको कला, भाषा र संस्कृतिमा आधिारित आदिवासी जनजाति चलचित्रहरुको प्रर्दशन गरिनेछ ।

चलचित्र छनौटको लागि नेपालमा बरिष्ठ चलचित्रकर्मी नविन सुब्बाको संयोजनमा प्रारम्भिक छनौट समिति गठन गरिसकिएको छ । उक्त समितिले काम सुरु गरिसकेको आयोजकले बताएको छ ।

छनौटमा परेका अन्तिम चलचित्रहरुलाई अगस्ट ११ र १२ तारिख न्यूयोर्कमा प्रर्दशन गरिने र अगस्ट १३ तारिख एक समारोहबीच बिभिन्न ९ विधामा पुरस्कार तथा अवार्ड वितरण गरिनेछ ।

महोत्सवको मुख्य आयोजकमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) रहनेछ भने सह-आयोजकमा फिप्नासँग आवद्ध सदस्य संस्थाहरु, नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क, आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मअकाईभ (आईफा) रहनेछ । महोत्सवलाई नेपाल चलचित्र विकास बोर्डले बिशेष सहयोग गर्ने बताइएको छ ।

५ वर्ष यताका चलचित्र मात्रै दर्ता हुने

‘महोत्सवमा सहभागिताको लागि बिभिन्न जाति र समुदायबाट विगत ५ वर्षभित्र निमार्ण भएका आदिवासी चलचित्रहरुले दर्ता गर्न पाउनेछन् ।

‘दर्ता भएका चलचित्रहरु मध्येबाट सम्बन्धित जाति वा समुदायको चलचित्र संघ वा संगठनले बढिमा ५ चलचित्रहरु नेपाल स्थित प्रारम्भिक छनौट समितिको सचिवालयलाई पठाउनु पर्नेछ ।’ आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बिभिन्न जाति वा समुदायबाट छनौट भएका चलचित्रहरुलाई प्रारम्भिक छनौट समितिले बढिमा ३ चलचित्रहरुको छनौट गर्नेछ ।

छनौट भएका चलचित्रहरुलाई अन्तिम छनौटको लागि महोत्सव आयोजक फिप्नालाई पठाउनु पर्नेछ ।

महोत्सवको उद्घाटन तथा चलचित्र प्रदर्शन अगष्ट ११ तारिख शुक्रबार दिउँसो १ बजे ज्याक्सनहाईट स्थित शेर्पा किदुगको भवनमा हुनेछ । कार्यक्रम बेलुकी ७ बजेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै महोत्सवको दोश्रो दिन शेर्पा किदुग कै भवनमा चलचित्र प्रदर्शन गरिने र तेश्रो दिन कुईन्स प्यालेसमा पुरस्कार तथा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment