Comments Add Comment

पैसा लिएर उम्मेदवार बनाउनेलाई कारबाही हुन्छः एमाले महासचिव

'सत्ताधारी नेताले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोग लाचार'

९ असार, काठमाडौं । पार्टी भित्रैबाट उम्मेदवारसँग पैसा माग्ने तथा टिकट दिलाइदिन्छु भन्दै घुस खानेहरुलाई कारबाही गरिने एमाले महासचिव इश्वर पोखरेलले प्रतिबद्धता जनाएका छन् ।

चुनावी प्रचारका सिलसिलामा बिराटनगर पुगेका एमाले महासचिव पोखरेलले पार्टी भित्र उमेदवारसँग घुस लिएर टिकट दिनेहरुलाई कारबाही गरिने बताएका हुन् ।

मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाका एमाले उम्मेदवारसँग पार्टीकै एक नम्बर प्रदेश कमिटीका नेताले २१ लाख घुस मागेको प्रकरण बाहिर आएलगत्तै एमाले महासचिवको यो प्रतिक्रिया आएको हो ।

उम्मेदवार बन्न २१ लाख कमिसन मागेपछि मधुमल्लाका पुराना एमाले नेता भेषराज काफ्लेले पार्टी परित्यागको घोषणा गरिसकेका छन् । घुस माग्नेमाथि कारबाही गर्न माग गर्दापनि पार्टीले सुनुवाई नगरेको काफ्लेको गुनासो छ ।

शुक्रबार प्रेस चौतारी बिराटनगरले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले बागी, बिद्रोही सवै उम्मेदवारलाई ५ वर्षसम्म पार्टी सदस्य नरहने गरी कारवाही गरिने पनि प्रष्ट पारे ।

‘सत्ताधारी नेताले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोग लाचार’

महासचिव पोखरेलले सरकारमा रहेका दलका नेता कार्यकर्ता नै निर्वाचन आचारसंहिता उल्लंघनमा उद्दत रहँदा निर्वाचन आयोग लाचार बनेको आरोप लगाएका छन् ।

गृहमन्त्री लगायतका सरकारका मन्त्रीहरु स्वयम् निर्वाचन आचारसंहिता विपरित चुनावी अभियानमा हिँडने गरेको उनको आरेाप छ ।

नेता पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दासमेत संवैधानिक हैसियतको आयोग बोल्न नसक्ने, सुन्न नसक्ने अवस्थामा पु्गेको भन्दै भने, ‘कानूनी हैसियतमा आयोग रहन सकेन । निर्वाचनको मुखमा सरकारका मन्त्रीहरुले व्यापकरुपमा आचारसंहिता उलङ्घन गर्दा पनि आयोग मौन रहनु संकास्पद छ ।’

उनले थपे, ‘गृहमन्त्रीको गतिविधि भद्दा छ, उनी चौकी बनाउँछु भन्दै प्रहरी कार्यालय धाउँछन्, सचिव हेरफेरदेखि द्धन्द पीडितका नाममा ६ अर्ब निकासा गर्ने कामले निर्वाचन आचारसंहिता ठाडो उलङ्घन भएको छ ।’

निर्वाचन कानून र मान्यताहरुलाई सरकारका तर्फबाट कुनै चासो नदिइएको बताउँदै पोखरेलले सरकार विवेकहीन, गन्तव्यहीन तरिकाले प्रस्तुत भएको आरोपसमेत लगाए ।

यो पनि पढ्नुस्

गाउँपालिकाको उम्मेदवार बन्न २१ लाख मागेको भन्दै भेषराजले एमाले छाडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment