Comments Add Comment

बुढीगण्डकी र नलसिंहगाढ अब विद्युत् उत्पादन कम्पनी मातहत


९ असार काठमाडौं । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना तथा नलसिंहगगाढ आयोजनालाई नेपाल सरकारले बिद्युत उत्पादन कम्पनीमार्फत अघि बढाउने भएको छ ।

सरकारले हालै मात्रै राजपत्र प्रकाशित गर्दै बुढीगण्डकी बिकास समिति र नलसिंहगाढ विकास समिति खारेज गरेर विद्युत उत्पादन कम्पनीमार्फत यी दुई आयोजनालाई अघि बढाउने बताएको छ ।

यसअघिनै मन्त्रिपरिषद्ले दुबै आयोजना समितिमार्फत नभई कम्पनीमार्फत अघि बढाउने निर्णय गरेको थियो । यसले वैधानिकता भने राजपत्रमा प्रकाशित भएपछि मात्रै पाएको छ ।

सरकारले अहिले बुढीगण्डकी जलविद्युत् आयोजना गेजुवालाई निर्माण गर्ने दिने समझदारी गरेको छ । यसबारेमा गेजुवाले अध्ययन गरिरहेको छ ।

तर, अहिलेसम्म सम्झौता भएको छैन । सम्झौतापछि मात्रै गेजुवालाले यसको निर्माणको काम सुरु गर्ने छ ।

यी आयोजना गेजुवा अन्य जुनसुकै कम्पनीले निर्माण अघि बढाएपनि अब अनुगमन भने विद्युत् उत्पादन कम्पनीले गर्नेछ ।अहिले उर्जा मन्त्रालयले बुढीगण्डकीको मुआब्जाको काम अघि बढाएको छ ।

विद्युत उत्पादन कम्पनीका प्रमुख मोहनराज पन्तले मन्त्रालयले आयोजना हस्तान्तरण गरेपछि काम अघि बढाउने बताएका छन् ।

उनले भने ‘अहिले मन्त्रालयले नै मुआब्जाको काम अघि बढाइरहेको छ, हामीलाई हस्तान्तरण गरेपछि मात्रै हामीले काम अघि बढाउने हो ।’

४ सय १० मेगावाटको नलसिंहगाढ जलविद्युत् आयोजना विकास समिति भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसका उच्च पदाधिकारीलाई सम्भाव्यता अध्ययनमा रकम दुरुपयोग गरेको आरोप लागेपछि यो समिति निष्क्रिय जस्तै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment