Comments Add Comment

इँटाको बिकल्पको रुपमा एरोब्रिक्सले बजारमा ल्यायो ‘एएसी ब्लक्स’


९ असार, काठमाडौं । एरोब्रिक्सले नेपाली बजारमा एएसी (अटोक्लेभ एरेटेट कङक्रिट) प्रविधिमा आधारित ब्लक्स उत्पादन शुरु गरेको छ ।

कम्पनीले चितवनमा कारखानाबाट यो ब्रिक्स उत्पादन गरिरहेको छ । बिदेशी बजारमा चलनचल्तीमा रहेको यो ब्लक्स नेपालमा भौतिक पुर्वाधार निर्माणमा प्रयोग हुने इँटाभन्दा फरक हुदैन् । चलनचल्तिमा रहेको रातो रंगको इँटाकोभन्दा फरक (सेतो) रंग हुने भएपनि यो निर्माणमा प्रयोग हुने नयाँ प्रविधि हो ।

यो ब्लक्स इटाभन्दा हलुको हुने भएपनि बलियो रहेको कम्पनीको दाबी छ । यसको मूल्य तुलनात्मक रुपमा इटाभन्दा सस्तो पर्ने कम्पनीले बताएको छ । यस्तो ब्रिक्स बिभिन्न आकारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । ठुलो आकारको ब्रिक्स प्रयोग गरेर निर्माण गर्दा सिमेन्ट, बालुवा लगायतका सामग्री कम लाग्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

भूकम्पको जोखिम रहेका देशहरुमा कम तौल हुने यस्तो प्रविधिको ब्रिक्स प्रयोग गर्नु राम्रो हुने समेत कम्पनीको दाबी छ । कम्पनीले यस्तो ब्रिक्स उत्पादन वातावरण मैत्री रहेको र स्थानीय कच्चा पदार्थको प्रयोग गरेर नै उत्पादन गरिने भएकोले मूल्य स्थिर रहनेमा ढुक्क हुन पनि ग्राहकहरुलाई आग्रह गरेको छ ।

उत्पादक कम्पनीले नागरिकलाई पनि फाइदा हुने र राष्ट्रले परिकल्पना गरेको आधुनिकीकरण तथा बिकासको लक्ष्य पनि पुरा हुने अपेक्षाले यो व्यवसाय थालिएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment