Comments Add Comment

रिलायबल डेभलपमेन्ट प्राप्ती गर्ने ग्लोबल आइएमईको प्रस्ताव पारित


९ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकको शुक्रवारको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिशन) गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।

बिगत ११ वर्षदेखि बैंकिङ कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्टको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ । सभाले रिलायबल डेभलपमेन्ट १ सय कित्ता सेयरलाई ग्लोबल आइएमईको ८२.९० कित्ता बराबर हुने गरि सेयर स्वाप अनुपात तय गरेको छ ।

यो प्राप्ती पश्चात् ग्लोबल आइएमईको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ । बैंकको शाखा संख्या १ सय १२, एटिएम १ सय १४, एक्सटेन्सन काउण्टरको संख्या ५ वटा पुग्नेछ ।

४६ शाखा रहित बैंकिङ सेवा समेत रहेको बैंकको प्राप्तिपछि ग्राहक संख्या ७ लाख नाघ्ने छ । साथै, यहि असारमसान्त सम्ममा प्राप्तिपछिको एकिकृत कारोबार गर्ने लक्ष्य बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment