Comments Add Comment

सञ्चार मन्त्रालयले ३८ लाख रुपैयाँ क-कसलाई बाँड्यो ? (सूची सहित)

 

९ असार, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विगतकै परम्परालाई निरन्तरता दिँदै ३८ लाख रुपैयाँ विभिन्न सञ्चार सम्वद्ध संस्थाहरुलाई बाँडेको छ । कतिपय संस्था वर्षेनी पैसा थाप्नेहरु छन् भने केही नामै नसुनेका संघ संस्था र व्यक्तिलाई समेत वितरण गरेको पाइएको छ ।

जाँदा जाँदै निवर्तमान सञ्चार मन्त्री राम कार्कीको तजबिजीमा कतिपय संस्थाहरु थपेर रकम वितरण गरिएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

विगतमा नेपाल पत्रकार महासंघ, प्रेस चौधरी, प्रेस युनियन, प्रेस सेन्टर जस्ता संस्थाका केन्द्रीय कमिटीलाई अनुदान दिने गरिएको थियो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री शेरधन राईले महासंघ लगायत सरोकारवाला सञ्चार संस्थालाई अर्थ मन्त्रालयबाटै कार्यक्रमका आधारमा डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

महासंघले विगतमा मन्त्रालयबाट १५ लाख अनुृदान पाउने गरेको थियो । यसपटक महासंघ लगायत संस्थाले अर्थबाटै बजेट पाएपछि ३८ लाख रुपैयाँ आफू निकटस्थहरुलाई बाँड्न मन्त्रीलाई सजिलो भयो ।

विगतमा अनुदान पाइरहेका केही संस्थाले भने यसपटक पनि पाएका छन् ।

मन्त्रालयका एक उच्च अधिकारीले भने- केही संस्थाले काम गरेरै अनुदान पाएका छन्,तर यसपटक जिल्लाका नामै नसुनिएका र खल्तीका संस्थालाई पनि मन्त्रीको दबावमा पैसा दिइइएको छ । यो राज्यकोषमाथिको लुट हो ।

रकम वितरण गरिएको सूचीमा पार्टीका मातृ संस्थाका जिल्ला कमिटीलाई समेत एक लाखको दरले रकम बाँडिएको छ ।

हेर्नुस विवरण  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment