Comments Add Comment

चुनावका बेला कैलाली र कञ्चनपुरका सीमा नाका ४८ घण्टा बन्द हुने

९ असार, कैलाली । आसन्न स्थानीय तहको निर्वाचनका बेला जिल्लाको शान्ति सुरक्षा थप माजबुद बनाउन भारतसँग जोडिएका कैलालीका सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् ।

नेपाल र भारतको सीमा समन्वय समितिको भारतको पलियामा बसेको संयुक्त बैठकले चुनाव अवधिभर कुनै घटना हुन नदिनका लागि सीमा नाका ४८ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले असार १२ गते बिहान ५ बजेदेखि १४ गते साँझ ७ बजेसम्मका लागि सीमा नाका बन्द हुने बताए ।

उनले खुल्ला सीमा भएका कारण बिभिन्न घटना हुन सक्ने भन्दै दुवै देशका सुरक्षा निकायहरुबीच निर्वाचन अवधीभर सीमाको सुरक्षा व्यवस्थामा कडाई गरिने सहमती भएको बताए ।

संयुक्त सीमा बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी लगायत तीनै सुरक्षा निकायका प्रमुखहरु, कंचतनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र जिल्ला तिनै निकायका प्रमुखहरु भारत लखिमपुर जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड आकाश दीप, एसएसबीका कमाण्डेट, लखिमपुर खिरीका प्रहरी प्रमुख लगायत सुरक्षा अधिकारीहरुको सहभागिता रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रीजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment