Comments Add Comment

छुट्टै राज्य बनाउने गोरखाल्याण्डको मागमा सिक्किमको साथ

चाम्लिङले भने- भारतमा सबै राज्य भाषाका आधारमा बनेका छन्


९ असार, सिक्किम । भारतको दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनमा सिक्किम राज्य सरकारले ऐक्यवद्धता जनाएको छ ।

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले भारतमा प्रायः सबै राज्यहरु भाषाकै आधारमा बनेको भन्दै दार्जीलिङलाई छुट्टै राज्य बनाउन सबै प्रक्रिया पुग्ने बताएका छन् ।

मुख्यमन्त्री चाम्लिङले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र भारतीय गोर्खाहरुको राष्ट्रभक्तिमाथि शंका नगर्न चेतावनी दिएका छन् ।

भारतको संविधान निर्माणका बेला गोर्खाली सभासदले हस्ताक्षर गरेको स्मरण गर्दै चाम्लिङले करिब १ हजार गोरखाली जनताले आफ्नो अधिकारका लागि खून बगाइसकेको बताएका छन् ।

गोरखालीहरुले अधिकारका लागि गरेको आन्दोलनमा पानी जसरी खून बगिरहेको भन्दै मुख्यमन्त्री चाम्लिङले दार्जीलिङलाई भाषाका आधारमा अलग्गै राज्य बनाउनुपर्ने लबिङ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दार्जीलिङ क्षेत्रमा हुने अस्थिरताको असर सिक्किममा पनि पर्ने भन्दै चाम्लिङले गृहमन्त्रीलाई पठाएको ध्यानाकर्षण पत्रमा दार्जीलिङलाई छुट्टै राज्य बनाउँदा सिक्किमलाई पनि फाइदा हुने स्पष्ट पारेका छन् ।

दार्जीलिङसँग सीमाना जोडिएको सिक्किममा नेपाली भाषीहरुको बाहुल्य छ । सिक्किमको सीमाना नेपाल, चीन र भूटानसमेत गरी तीन देशसँग जोडिएको छ ।

दार्जीलिङसँग तराईको डुबर्सलाई जोडेर छुट्टै राज्य बनाउन चाम्लिङले माग गरेका छन् ।

मुख्यमन्त्री चाम्लिङको समर्थनसँगै सिक्किमबासीहरुले दार्जीलिङको आन्दोलनलाई समर्थन गर्ने क्रम बढेको छ । र, अब दार्जीलिङको यो आन्दोलन भारतका अन्य गोरखा समुदायसम्म फैलिन थालेको छ ।

यो पनि पढ्नुस् 

असममा बोडोल्याण्ड माग्दै गोरखाल्याण्डलाई समर्थन

गोर्खाल्याण्ड आन्दोलनः जीटीएका ४३ सभासदले दिए सामूहिक राजीनामा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment