Comments Add Comment

५ वर्षे बालिकाको ६ वर्षे बालकसँग बिहे, कारण छ दर्दनाक

स्कटल्याण्डमा हालै एक अनौठो बिहे सम्पन्न भयो । त्यहाँ बेहुलीको उमेर ५ वर्ष तथा बेहुलाको उमेर ६ वर्ष मात्र थियो । क्रिश्चियन परम्परा अनुसार भएको उक्त बिहेमा औँठी होइन बेहुला बेहुलीले नेक पिस साटासाट गरे । बिहे समारोहमा बेहुलीको इन्ट्री डिज्नी फिल्मको एक गितसँगै भयो । बिहेमा बाइबलका पंक्ति होइन कविता बाचन गरिएको थियो ।

५ वर्षकी एलिद पाटर्सन एक गम्भीर बिमारी न्युरोबस्टाटोमा नामक क्यान्सरबाट पीडित छिन् । डाक्टरहरुका अनुसार उनी अब केही दिनमात्र बाँच्नेछिन् । त्यस्तो थाहा पाएपछि उनका बुवाआमाले आफ्नी बिरामी छोरी एलिदका अन्तिम इच्छाहरुको सूची बनाउन थाले । एलिदले जब आफ्ना इच्छाहरुको सूची अभिभावलाई सुम्पिइन् त्यसमा सबैभन्दा पहिलो इच्छा चाहिँ आफ्नो सबैभन्दा मिल्ने साथी हेरिसन गिएरसँग बिहे गर्ने थियो ।
जुन अस्पतालमा एलिदको उपचार चलिरहेको थियो त्यहाँका नर्सहरुसँग एलिदले आफ्नो एकजना ब्वायफ्रेण्ड रहेको र उसैसँग आफुले बिहे गर्न चाहेको बताउने गर्थिन् ।एलिदको उक्त इच्छा पूरा गर्नमा हेरिसन र उनका परिवारले पूरा सहयोग गरे । दुबै परिवारले धुमधामसँग बिहेको आयोजना गरे ।

उक्त अद्वितीय बिहेमा झन्डै २ सय जना मानिस सहभागी भए । साच्चिकै कुनै काल्पनिक कथाको कथानक जस्तै बिहे सम्पन्न भयो । बेहुला–बेहुली र पाहुनाहरु पनि त्यस्तै पहिरनमा सहभागी भए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment