Comments Add Comment

३० बर्षपछि पुरुषमा यस्तो समस्या देखिन सक्छ

उमेर बढ्दै जाँदा शरीरमा केहि समस्याहरु पनि देखापर्न सक्छ । खासगरी ३० बर्षपछि पुरुषको स्वास्थ्य सम्बन्धी समस्या सुरु हुन्छ । यदि यस उमेरपछि पनि नियमित योग, व्यायाम नगर्ने, स्वस्थ्य खानपान नलिने हो भने गंभिर रोगको चपेटामा पनि पर्न सकिन्छ ।


हृदयरोग
३० बर्षपछि पुरुषमा के कस्ता स्वास्थ्य समस्या आउन सक्छ त ?

३० बर्षपछि अक्सर पुरुषको मोटोपन बढ्छ । शरीरमा कोलोस्टोरको मात्रा बढ्छ । यसले हृदयरोगको खतरा बढाउँछ ।

टाउको केस झर्ने

३० बर्षपछि पुरुषमा पाउने डिहाइड्रोटेस्टोस्टेरोन हर्माने (डिएचटी)को सन्तुलन बिग्रन्छ । यहि कारण टाउकोको अघिल्लो भागको केस र्झन थाल्छ ।

मधुमेह

३० बर्षपछि पुरुषमा मोटोपन बढ्ने संभावना बढी हुन्छ । यसले इन्सुलिनको सन्तुलन विगार्छ । त्यसैले मधुमेह हुने संभावना रहन्छ ।

मेल हर्मोनको कमी

३० बर्षपछि पुरुषको शरीरमा मेल हर्मोन (टेस्टोस्टेरोन) कम हुन थाल्छ । यसले फर्टिलिटी घट्न सक्छ ।

हड्डी कमजोर

३० बर्षपछि शरीरमा क्याल्सियम कमी हुन थाल्छ । यसले हड्डी कमजोर हुन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment