Comments Add Comment

गर्मीमा कसरी खानेकुरा लामो समय ताजा राख्ने ?

गर्मीमा खानेकुरा चाडै सड्न सक्छ । कसरी खानेकुरालाई लामो समय ताजा राख्ने ? हरेक गृहणीका निम्ति चुनौतीको कुरा हो यो । किनभने सागसब्जी, फलफूल लामो समय भण्डारण गर्न सकिँदैन ।


अन्डा
निश्चित अवधीपछि त्यस्ता खानेकुरा कुहिन, सड्न थाल्छ । यद्यपी केहि विधी छ, जसले औसत भन्दा लामो समयसम्म खानेकुरालाई फ्रेस राख्न सकिन्छ ।

अन्डालाई लामो समय फ्रेस राख्नका लागि त्यसलाई फुटाएर राख्न सकिन्छ । यसरी आन्डा फुटाएपछि त्यसलाई आइस ट्रेमा राख्नुपर्छ । पहेंलो भागमा आइसक्युव राख्नुपर्छ । पहेंलो भाग जस्ताको तस्तै राख्नका लागि यसमा थोरै नुन वा चिनी हाल्नुपर्छ । जब आवश्यक्ता पर्छ, अन्डाको आइसक्युव झिकेर पकाउन सकिन्छ ।

सस

प्रयोग गरेर बचेको सस लामो समय टिकाउन गाह्रो हुन्छ । यद्यपी केहि समयसम्म त्यसलाई फ्रेस राख्नका लागि फ्रिजर व्यागमा हालेर प्याक गर्नुपर्छ । जब आवश्यक हुन्छ, व्याग खोलेर प्रयोग गर्न सकिन्छ ।

सागपात

हरियो सागपातलाई लामो समय फ्रेस राख्नका लागि कुनै काँचको जारमा हाल्नुपर्छ ।

स्याउ

स्याउलाई तपाई फ्रिजमा केहि महिनासम्म फ्रेस राख्न सक्नुहुन्छ । यद्यपी स्याउलाई फ्रिजमा स्टोर गर्दा ध्यान दिनुपर्छ कि, त्यसलाई अर्को वस्तुसँग स्पर्श गराउनु हुँदैन । त्यसलाई पत्रिकामा लपेटेर राख्न सकिन्छ ।

हरियो प्याज

हरियो प्याजलाई खराब हुन नदिनका लागि त्यसलाई एक गिलास पानीमा हालेर राख्नुपर्छ । यसरी पानीमा राखेपछि त्यो ताजा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment