Comments Add Comment

पालिसको प्रयोग गरी नङलाई कसरी सुन्दर बनाउने ?

हात तथा नङको शोभा बढाउनका लागि सिंगल कलर नेलपेन्ट गर्ने प्रचलन छ । तर, अहिले यसमा विभिन्न प्रयोग हुन थालेका छन् । नङमा विभिन्न खालको कलात्मक आर्ट गरेर हातलाई आकर्षक देखाउन सकिन्छ ।
१. नेल आर्टका लागि सबैभन्दा पहिलो आफ्नो नङ सफा गर्नुपर्छ । त्यसको आकार र अवस्थामा ध्यान दिनुपर्छ । यसका लागि तपाएइको नङलाई कागति र गुलियो सोडा मिसाइएको मनतातो पानीमा केहि समय राखेर कपडाले पुछ्नुपर्छ ।नेल आर्टका लागि तपाईले आफ्नो इच्छा अनुसार विभिन्न रंग प्रयोग गर्न सक्नुहुनेछ । साथै मनलाग्दो डिजाइन गराउन सक्नुहुनेछ । यसलाई आफ्नो ज्वेलरी तथा पहिरनसँग कम्बिनेशन मिलाएर राख्नुपर्छ ।

२. यसपछि नङलाई फाइलरको सहयोगले मनलाग्दो अकार दिने । तपाईको इच्छा अनुसार नङलाई गोलाकार, अण्डाकार, चर्तुभूज आकार दिन सक्नुहुनेछ ।

३. अब नङमा नेल प्राइमर लगाउने र त्यसपछि बेस कोट लगाउने । यसले गर्दा नङ सुरक्षित हुन्छ र त्यसमा पहेंलोपन आउँदैन । बेस कोटको एक पत्र सुकेपछि दोस्रो कोट अप्लाई गर्नुपर्छ । त्यसपछि कुनै मिल्दो नेल कलरले मनलाग्दो डिजाइन गर्ने ।

४. कुनैपनि ब्रसले नेल डिजाइन गर्न सकिन्छ । बजारमा नेल आर्टका लागि प्रशस्तै टुल्स उपलब्ध छ, जसलाई तपाईले पनि प्रयोग गर्न सक्नुहुनेछ ।

५. अतिरिक्त डेकोरेसनका लागि तपाई कलरफुल स्टोन, ग्लिटर आदि प्रयोग गर्न सक्नुहुनेछ । डिजाइन पुरा भएपछि त्यसलाई सुक्न दिनुपर्छ । अन्त्यामा साइनरको प्रयोग गर्नुपर्छ, ताकि नङमा प्राकृतिक चमक देखियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment