Comments Add Comment

असममा बोडोल्याण्ड माग्दै गोर्खाल्याण्डलाई समर्थन

दार्जीलिङको आन्दोलन असममा फैलियो

 


९ असार, भारत । नेपाली भाषीहरुको अलग राज्यको माग गर्दै गोर्खाल्याण्डमा सुरु भएको आन्दोलनलाई सिक्किमले समर्थन जनाइरहेका बेला अर्को असम राज्यमा पनि आन्दोलन उठेको छ ।

नेपालीभाषी भारतीयहरुको उल्लेख्य बसोबास रहेको असम राज्यमा दिनहुँजसो दार्जीलिङको आन्दोलनलाई समर्थन गर्दै प्रदर्शनहरु हुन थालेका छन् ।

शुक्रबार असम गोर्खा विद्यार्थी युनियनले असम-बंगाल सीमामा अवस्थित श्रीरामपुर गेटमा प्रदर्शन गरेको छ । ढाका टोपी लगाएर प्रदर्शनमा उत्रिएका भारतीय विद्यार्थीहरुले गोर्खाल्याण्डलाई समर्थन जनाउँदै ‘मोदी सरकार न्याय गर्’ भन्ने नारा लगाएका थिए ।

त्यसैगरी विहीबार साँझ असमको कोक्राझार, बिज्नी र उर्माङसोमा टर्चलाइट र्‍याली निस्किएको थियो । प्रदर्शनकारीले दार्जीलिङमा मारिएका तीनजना गोरखालीमाथि श्रद्धाञ्जली अर्पण गरेका थिए ।


बोडो स्टुडेन्ट युनियनले छुट्टै बोडोल्याड राज्य गठन हुनुपर्ने माग सहित विहीबार असममा गोर्खाल्याण्डको समर्थनमा र्‍याली निकालेको हो ।
भारतको पूर्वोत्तर राज्य असममा लामो समयदेखि अलग्गै बोडोल्याण्ड राज्यको माग हुँदै आएको छ ।

पछिल्लो समय दार्जीलिङमा चर्केको आन्दोलनको लप्कोले अब असमलाई समेत तान्न थालेको छ ।

यो पनि पढ्नुस्

छुट्टै राज्य बनाउने गोरखाल्याण्डको मागमा सिक्किमको साथ

गोर्खाल्याण्ड आन्दोलनः जीटीएका ४३ सभासदले दिए सामूहिक राजीनामा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment