Comments Add Comment

काठमाडौंका मेयरलाई प्रश्न-मोबाइल किन्ने योजना घोषणापत्रमा कहाँ छ ?

'म त भन्छु राज्यले छिटो सेवा सुविधा तोक्नुपर्छ- विद्यासुन्दर

९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले आफ्ना लागि मोबाइल किन्ने निर्णय गरेकोमा धेरैले यसलाई खराब सुरुवात बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकबाटै आफ्नो सेवा सुविधा र मोबाइल किन्नेबारे निर्णय गरेपछि धेरैले विद्यासुन्दर नेतृत्वको महानगरलाई शंकाको नजरले हेरेका छन् ।
यो प्रश्न सुन्नासाथ शाक्यले हाँस्दै भने- ‘घोषणापत्रको सबै नि हा… हा.. हा …। के खाने, के लगाउने भन्ने सामान्य कुरा हो ।’हामीले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई सोध्यौं- ‘चुनाव जितेर गएपछि पहिले आफ्ना लागि मोबाइल किन्छु भनेर घोषणापत्रको कति औं नम्बरमा लेख्नुभएको थियो ?

मेयर शाक्यले अनलाइनखबरसँग भने- ‘जनप्रतिनिधि पनि तपाई हाम्रो समाजकै हुन्, उनीहरुले कर्मचारीले भन्दा न्यूनतम सेवा सुविधामा काम गरिरहेका छन् । कर्मचारी गाडी चढेर हिँडेका छन्, कसैले केही भन्दैनन् । त्यहाँको अध्यक्षले चाँही बैठकमा जानलाई त्यहाँसम्म पुर्‍याइदेउ न भन्नुपर्ने अवस्था छ । यो स्थिति आउन दिनुहुँदैन । म त के भन्छु भने राज्यले छिटो उहाँहरुको सेवा सुविधा तोक्नुपर्छ ।’

हामीले फेरि सोध्यौं- ‘तर, तपाईहरुसँग अहिले पनि जेजस्तो होस्, मोबाइल त होला नि हैन र ? महानगरको पैसाले मोबाइल किन्न किन यति हतारो ?’

‘त्यस्तो होइन’ भन्दै मेयर शाक्यले अगाडि भने- ‘हामीले बुझ्नुपर्ने के हो भने कोही पनि कर्मचारी खान नपाएर जागिर खान गएका हुँदैनन् । सकारात्मक रुपमा हेर्नुपर्छ । जनप्रतिनिधि बिहानदेखि बेलुकासम्म खटेका छन् । राति पनि भन्न पाउनुहुन्न । उहाँहरुको पुरानो नम्बर आफ्नो ठाउँमा छ, हामीले नयाँ सीमसहित मोबाइल दिएका हौं ।’

महानगरले जनप्रतिनिधिलाई एक हजार रुपैयाँ बैठक भत्ता र एक हजार यातायात खर्च छुट्याएको छ । यो व्यवस्था ०५४ मा पनि रहेको भन्दै शाक्यले भने- ‘२० वर्षपछि पनि त्यही छ । त्योबेला निर्णय सार्वजनिक गरिँदैनथ्यो । अहिले हामीले लुकाएर निर्णय गर्नुहुँदैन, जनतालाई जनकारी दिनुपर्छ भनेर सार्वजनिक गरेका हौं ।’

बैठक र परिवहन भत्ता लिएपछि अन्य सेवा सुविधा नतोकिएको शाक्यले बताए । ‘पारिश्रमिक केही पाएका छैनन्, सरकारले निर्णय नगरेसम्म हामी दिँदैनौं पनि । तर, दैनिक रुपमा काम गर्नेलाई केही न केही राहत दिनुपर्छ’ शाक्यले भने, ‘हाम्रै स्टाफले यो भन्दा धेरै गुणा पाइरहेका छन् ।’

काठमाडौंका मेयर शाक्यले जनप्रतिनिधिले काम गर्नुपर्ने तर, उनीहरुले लिएको सामान्य सेवा सुविधालाई अन्यथा नलिन आग्रह गरे । उनले भने- ‘जनताको काम गरे वापत लिन नहुने केही लिन पाइँदैन । तर, यस -मोवाइल सुविधा) लाई नेगेटिभ रुपमा लिनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment