Comments Add Comment

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप


रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने स्मार्टफोन एप बनेको छ, जुन एप हाम्रो देशमा खुबै काम लाग्ने देखिन्छ ।

हङकङको बापटिस्ट विश्वविद्यालयका शोधकर्ताहरुले एउटा यस्तो स्मार्टफोन एप बनाएका छन् जसले चालक गाडी चलाइरहेको बेला निदायो भने उसलाई जगाउने काम गर्दछ ।
यो एपले रियल टाइम भिडियोको माध्यमबाट चालकको फेशियल एक्सप्रेसनलाई क्याप्चर गरी चालकको आँखा तथा टाउकोको पोजिसनमा हुने बदलावको आधारमा चालकलाई तुरुन्त सूचित गर्दछ । निदाउँदाखेरी चालकको आँखा बन्द हुने तथा टाउको झुक्ने गर्दछ र सोही अवस्थामा यो एपले तुरुन्त ड्राइभरलाई अलर्ट गराएर जगाउँदछ ।यस एपले सडक दुर्घटनामा निकै कमी आउने विश्वास गरिएको छ । अनि यसले निदाउने पेशेवर सवारी चालक वा कामको थकानपछि गाडी चलाउने मानिसहरुलाई पनि निकै मद्दत मिल्नेछ ।

यो एप जेनरिक स्मार्टफोनमा प्रिइन्स्टल्ड हुनेछ । ड्राइभरले स्मार्टफोनलाई स्टेरिङ ह्विलको नजिकै राख्नुपर्नेछ ता कि यो एपले ड्राइभरको अनुहार खिच्न सकोस् ।

ड्राइभर सुतेको देखेपछि यसले तुरुन्तै आफैं अलार्म बजाइदिन्छ । त्यसपछि ड्राइभर जागा भएर अलार्म अफ नगरेसम्म यो बजिरहन्छ ।

यो एपले स्मार्टफोनको क्यामराको सहयोगले काम गर्ने हुनाले यसलाई ड्राइभिङ रेकर्डिङ सिस्टमको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment