Comments Add Comment

गोर्खाल्याण्ड आन्दोलनः जीटीएका ४३ सभासदले दिए सामूहिक राजीनामा


९ असार, काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्दै गोर्खा क्षेत्रीय प्रशासन (जीटीए) का ४३ सभासदले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले जीटीए खारेजको माग गरेका छन् ।

गोर्खा जनमुक्ति मोर्चाका संयोजक विमल गुरुङले भने, ‘जीटीए त्याग्न एलाइन्स पार्टनको अपील थियो । आज हामी सबै सभासदले राजीनामा दिएका छौं । अब साधारण सदस्य भएर यो लडाईमा सहभागी हुन्छौं ।’

उनीहरुले अब जीटीए एक्ट र सम्झौता २७ तारिखमा जलाउने घोषणा गरेका छन् । सन् २०११ मा गोर्खा जनमुक्ति मोर्चा, पश्चिम बंगाल सरकार र केन्द्र सरकारबीच त्रिपक्षीय सम्झौता भएको थियो । ‘अब हामी त्यसलाई २७ तारिखमा खारेज गर्छौं’ मोर्चाका नेता गुरुङले भने, ‘सबैलाई अपील गर्छु कि हामी सबै मिलेर जानुपर्छ ।’

यो पनि पढ्नुस् 

असममा बोडोल्याण्ड माग्दै गोर्खाल्याण्डलाई समर्थन

छुट्टै राज्य बनाउने गोरखाल्याण्डको मागमा सिक्किमको साथ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment