Comments Add Comment

काठमाडौंका मेयर पछि हटे, मोबाइल बाँड्ने निर्णय कार्यान्वयन नगर्ने

९ असार काठमाडौं । चर्को आलोचनापछि काठमाडौं महानगरका नगर कार्यपालिकाका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको छ ।

महानगरको हालै बसेको नगर कार्यपालिकाका बैठकले जनप्रतिनिधिहरुलाई ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएको छ ।

शुक्रबार साँझ बसेको बैठकले यो निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । एक जनप्रतिनिधिले भने, ‘हामीले जनताको सेवालाई सहज बनाउने पवित्र उद्देश्यले यो निर्णय गरेका थियौं । तर, आलोचना भएपछि स्थगित गरिएको छ ।’

स्रोतका अनुसार मेयर र उपमेयरका साथै का नगर कार्यपालिकाका सदस्यहरु मोबाइल बाँड्ने निर्णय महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै प्रस्ताव थियो । मेयर शाक्यले उसलाई नकारात्मक रुपमा लिन नहुने बताएका थिए ।

बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा

काठमाडौं महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । असार १५ गतेबाट चिकित्सकहरुको टोली पठाएर बृद्धबृद्धाको घरमै स्वास्थ्य जााच गर्ने महानगरको निर्णय छ ।

यो पनि पढ्नुस्

काठमाडौं महानगरको निर्णयः जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने

काठमाडौंका मेयरलाई प्रश्न-मोबाइल किन्ने योजना घोषणापत्रमा कहाँ छ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment