Comments Add Comment

टिआरपी ओरालो लागेपछि कपिलले पारिश्रमिक आधा घटाए

सहकर्मीहरुलाई गरेको दुव्र्यवहार कमेडियन सुनील ग्रोवरका लागि निकै महंगो परेको छ । शो फ्लप हुँदै गएपछि उनी आफ्नो पारिश्रमिक आधा घटाउन वाध्य भएका छन् ।

सुनील ग्रोवर, अली असगर जस्ता सहकर्मीहरुले कपिलको साथ छोडेपछि कपिलको टेलिभिजन शोको टिआरपि लगातार खस्किदै गएको थियो । अनेक उपाय लगाउँदा पनि कपिलले शोको टिआरपि माथि उठाउन सकेनन् । अन्ततः अहिले आएर उनले आफ्नो पारिश्रमिक घटाउन सोनी टेलिभिजनलाई प्रस्ताव गरेका छन् । उनले पहिले एक एपिसोडको ८० लाख भारु लिदै आएका थिए भने अब ४० लाख मात्र लिनेछन् । टेलिभिजनले शो बन्द गर्ला कि भन्ने त्राशले कपिलले यो कदम चालेको बताइन्छ ।

कपिलका प्रतिस्पर्धि कमेडियन कृष्णा अभिषेकले ‘द ड्रामा कम्पनी’ नामक एउटा नयाँ शो सोनी च्यानलमा नै ल्याउँदैछन् । यो शोमा अली असगर र सुगन्धा मिश्रा पनि देखिने छन् । साथै सुनील ग्रोवरको पनि छोटो भूमिका हुनेछ ।

एक समय कपिलको शोकै कारण सोनी टेलिभिजनको टिआरपी ह्वात्तै माथि उठेको थियो । तर आज सोनीले यही शो बन्द गर्ने विषयमा सोचिरहेको छ । यही बीचमा यो खबर पनि आइरहेको छ कि अपिलले आफ्नो सम्झौता थप एक वर्ष बढाएका छन् । कपिलको शोबाट च्यानललाई हरेक वर्ष १ सय १० करोड रुपैयाँ कमाई भइरहेको छ ।

पारिश्रमिक घटाउने कपिलको प्रस्तावबाट शोका निर्माताहरु पनि खुशी छन् । अब हेर्नुछ, यो शोको टिआरपी आगामी दिनहरुमा के हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment