Comments Add Comment

कुवेतमा नयाँ शक्तिको अन्तरक्रिया, परशुराम तामाङ आउने

२४ जुन, कुबेत । नयाँ शक्ति पार्टीका राष्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ कुवेत आउने भएका छन । नयाँ शक्तिको वैदेशिक भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको निम्तोमा तामाङ यहाँ आउन लागेका हुन् ।

नेपाली समाज कुवेतले जुन ३० तारिखमा अन्तरक्रिया तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्न लागिएको कार्यक्रममा तामाङले प्रशिक्षित गर्ने छन् ।
अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालले अघि सारेका आर्थिक समृद्धिका एजेन्डा र प्रवासमा बसेका नेपालीहरुको भूमिकाबारे छलफल हुने आयोजकले जानकारी दिएका छन् । वैदेशिक रोजगारमा हुने गरेका समस्या तथा समाधानका उपायहरुको बारेमा समेत छलफल हुने समाजका अध्यक्ष स्याङ्तानले जानकारी दिए ।

समाजका अध्यक्ष निर्मल स्याङतानले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment