Comments Add Comment

ताप्लेजुङका गाउँपालिकामा धमाधम मतपेटिका पठाइँदै

१० असार, ताप्लेजुङ । स्थानीय तह चुनावका लागि ताप्लेजुङका मतदान केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु गरिएको छ ।

एक नगरपालिका र आठ गाउँपालिकाको ७३ मतदान स्थलका एकसय पाँच मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा शुक्रबारदेखि मतपेटिका पठाउन सुरु गरिएको ताप्लेजुङका जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारी बताए ।

चुनावका लागि विभिन्न गाउँपालिकामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा ६ सय १९ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेत बताए ।

आज सम्ममा सबै मतदान केन्द्रमा मतपेटिका सहितका कर्मचारी पुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment