Comments Add Comment

१५ सय भूकम्पपीडितले पाए ट्याक्सी, क-कसलाई पर्‍यो चिठ्ठा (नामावली)

१० असार, काठमाडौं । सरकारले १४ भूकम्प अतिप्रभावित जिल्लाका भकम्पपीडितका लागि १५ सयवटै ट्याक्सीको गोलाप्रथा सकेको छ । यातायात ब्यवस्था विभागले शुक्रबार ८ जिल्लाका पीडितहरुले पनि ट्याक्सीको नम्बर प्लेटको चिठ्ठा सकेको छ ।

शुक्रबार ४ सय ९५ ट्याक्सीका लागि गोला प्रथा भएको थियो । यसअघि भूकम्पप्रभावित ६ जिल्लाको पनि गोलाप्रथा भइसकेको छ । शुक्रबार धादिङका ११७, काठमाडौंका ९५, गोरखाका ७८, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१र ओखलढुंगा र रसुवाका ३०/३० भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका हुन् ।

यसअघि बिहीबार ५१३ भूकम्पपीडितले ट्याक्सीको नम्बर प्लेट पाएका छन् । बिहीबार सिन्धुपाल्चोक, दोलखा र सिन्धुली पीडितहरुले ट्याक्सीको नम्बर पाएका थिए । काठमाडौंमा च्यासलमा गरिएको गोलाप्रथाबाट सिन्धुपाल्चोकका २५३, दोलखाका २१४ र सिन्धुलीका ४६ पीडित परिवारले ट्याक्सीको प्लेट पाएका छन् ।

बुधबार भूकम्प प्रभावित तीन जिल्लाका ४९१ जनाले ट्याक्सीको नम्बर पाएका थिए । यातायात व्यवस्था विभागले गतव वर्ष नै ट्याक्सीका लागि पीडितको आवेदन लिएको थियो । गत बुधबारदेखि गोलाप्रथा सुरु भएको थियो । बुधबार काभ्रेका २०१ नुवाकोटका १२५ र रामेछापका १६५ पीडितले गोलाप्राथाबाट ट्याक्सीको नम्बर प्लेट पाएका थिए ।

महानगरको निर्णायले अन्योल

१५ सय ट्याक्सी थप्ने तयारी भइरहँदा काठमाडौं महानगरपालिकालेकाठमाडौंमा नै ट्याक्सी थप्नु नाजायज भएको बताएको छ । मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा ट्याक्सी थपेर ट्राफिक समस्या मात्रै बढ्ने भन्दै यो औचित्यहीन निर्णय फिर्ता गर्न माग गरेका छन् ।

यदि महानगरपालिकाले काठमाडौंमा ट्याक्सी थप्न नदिए बाग्मी अञ्चलमा दर्ता हुने भूकम्पपीडितका ट्याक्सी के गर्ने भन्ने अन्योल हुनेछ । यातायात ब्यवस्था विभागले भने सरकारको निर्णयअनुसार नै भूकम्पपीडितका लागि ट्याक्सी वितरण भएको बताएको छ ।

क-कसलाई पर्‍यो ट्याक्सीको चिठ्ठा ? (सूची हेर्नुस्)

रामेछाप

काभ्रे

नुवाकोट

सिन्धुपाल्चोक,

दोलखा

सिन्धुली 

काठमाडाैं

भक्तपुर

ललिलतपुर

मकवानपुर

धादिङ

ओखलढुंगा

गोरखा

रसुवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment