शनिबार, ७ साउन, २०७४
OnlineKhabar.com

उपल्लो डोल्पाको ‘मोती’ (फोटो फिचर)

भरतबन्धु थापा

नेपाल फरक भौगोलिक र सांस्कृतिक विविधता एकै ठाउँमा पाइने देश हो । यहाँ मुटु काम्ने हिमाली क्षेत्रदेखि पसिनाले निथ्रुक्क भइने भावर क्षेत्रसम्मको फरक भूबनौट पाइन्छ । माथिल्लो डोल्पाको द्यो तराप गाउँ यस्तै विरलाकोटिको भूगोल हो ।

यो ठाउँ किन पनि विशेष छ भने, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती यही हो । अझ यहाँका अगुवा तथा पर्यटन व्यवसायी ज्याङ्बा लामा त यो ठाउँ विश्वकै अग्लो स्थानमा मानव बस्ती रहेको भनेर प्रख्यात रहेको दाबी गर्छन् । हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा रहेको द्यो तराप समुद्री सतहबाट ४ हजार मिटर उँचाइमा अवस्थित छ । यति उच्च स्थानमा रहे पनि यहाँ अन्न उब्जनी हुन्छ ।

यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि द्यो तरापलाई शेष रुचाउने गर्छन् । डोल्पा सदरमुकाम दुनैबाट ५ दिनको पैदलयात्रापछि पुगिने यो ठाउँ शिक्षा, स्वास्थ्य, सूचना जस्ता राज्यको आधारभूत सुविधाबाट वञ्चित छ ।

आकर्षक पयर्टकीय क्षेत्र भएर पनि द्यो तराप उपेक्षामा परेको ‘मोती’ झैं बनेको देखिन्छ । यहाँ पदयात्रामा आउने विदेशी पर्यटकले १० डलर शुल्क तिर्नुपर्छ । पर्यटन क्षेत्रको विकासका लागि भन्दै टान, नेपाल पर्यटन बोर्डले त्यस्तो शुल्क उठाउने गरे पनि सो रकम यो क्षेत्रमा खर्च गरिएको देखिँदैन । पदयात्रीका लागि आवश्यक संकेत चिह्न समेत नराखिँदा पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।

पर्यटकीय क्षेत्र भएर पनी पर्यटकले तिरेको पैसा स्थानीय क्षेत्रले पाउने नगरेको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा लामाले बताए । यो क्षेत्रका बासिन्दाको प्रमुख पेशा कृषि भए पनी त्यसबाट उनीहरुको गुजारा चल्दैन । स्थानीयले जडिबुडीको व्यापार र यार्सागुम्बा टिपेर जीविका चलाउने गर्छन् ।

द्यो गाउँ नौ वटा स्थानबाट आउने नाका भएकाले माथिल्लो डोल्पाको यो मुख्य व्यापारिक केन्द्र पनि हो । यो ठाउँका बासिन्दाले अत्यावश्यक सामान नेपालगञ्जबाट ल्याउने गर्छन् । तर, ढुवानी भाडा प्रतिकिलो २ सय १० रुपैयाँ लाग्ने भएकाले स्थानीयहरु नजिकै रहेको सीमावर्ती चिनियाँ बजारमा भर पर्छन् । तर, चीनसँगको सिमाना व्यवस्थित नहुँदा वर्षको एक पटक मात्र व्यापारिक कारोबार हुन्छ । चीनको नाका साउन अन्तिम वा भदौको पहिलो साता खुल्छ । द्योका बासिन्दाहरु आफूलाई वर्षभरिलाई चाहिने सरसामान त्यही बेला किन्ने गर्छन् ।

सिमानाको रक्षक हामी नै हौं

ग्याल्बो भोटे, अध्यक्ष, द्यो तराप गाउँ 

द्यो गाउँ डोल्पा आउने पर्यटकको रोजाइमै पर्छ । तर, पर्यटकीय गाउँ भएर पनि यहाँ न्यूनतम सुविधा पनि छैन ।

सरकारी निकायले यो गाउँमा आउने पर्यटकहरुबाट शुल्क लिने गरे पनि यहाँका लागि केही काम गरेको छैन ।

राज्यले आधारभूत सुविधाहरु समेत उपलब्ध गराउन नसक्नु दुर्भाग्य नै मान्नुपर्छ ।

अहिलेसम्म गाउँमा जे–जति विकासका काम भएका छन्, दाताहरुको सहयोगले भएका हुन् । नजिक पर्छ । यो ठाउँमा राज्यको उपस्थिति नै छैन । एक प्रकारले हामीले नै नेपालको सिमानाको सुरक्षा गरिरहेका छौं ।

 

 

२०७४ असार १० गते २०:३० मा प्रकाशित (२०७४ असार १३ गते ११:३३मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • Hira Baral लेख्नुहुन्छ    |   २०७४ असार १० गते १३:०८

    Sundar raxa gau…. rajyele sabai nepali lai yeutai bebahar garnu parxa… chado bikas pugos.

    22
    1
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ असार १० गते १६:१९

    Nepal ko himali chhetra ati ramro herirau lagne but dherai kurako abhab tesma pani ban jungle ko katani fadani darlaagdo, yeslai niyantran garne, rukh biruwako jarai pole paxi yesle thulai samasya paarla, yesko bikalpa haru khojnu parxa hola hai mitrahau…..

    3
    0
    Share

  • Rabin लेख्नुहुन्छ    |   २०७४ असार १० गते २२:३२

    Beautiful and interesting…👍

    5
    0
    Share

  • Gautam लेख्नुहुन्छ    |   २०७४ असार ११ गते ७:३७

    Ive been there many times during mt stay in Dolpo. one of unique landscape with prestine culture n
    n social life. one can go there to feel nature.

    4
    0
    Share

  • Gautam लेख्नुहुन्छ    |   २०७४ असार ११ गते १५:३४

    Ive been there many times during mt stay in Dolpo. one of beautiful place in nepal with prestine culture n nature.

    2
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ असार १३ गते १४:०९

    Whow!! How beautiful picture !!
    These areas need lots of investment in infrastructure, private sector business development, hotels, resorts, high altitude research center in Agriculture, animal farming, health and flora and fauna. An international airport with a direct flight from Europe must be done immediately. Don’t think in relation with Kathmandu, it should be developed independently. Even International organizations are interested in setting their telescope or observatory etc (but not allow to set their listening device)

    5
    0
    Share

  • Nirak लेख्नुहुन्छ    |   २०७४ असार १६ गते ११:२१

    You are doing good my friend Bharat. We have to encourage government to support this village to recognize significantly as a high altitude village. Government eyes should be focused on its development.

    3
    0
    Share

  • janak लेख्नुहुन्छ    |   २०७४ साउन ४ गते १०:०६

    Heaven of plannet.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this