Comments Add Comment

यात्रीको नाट्यकृति ‘एक्लाएक्लै’ प्रकाशित

१० असार, काठमाडौं । नाटककार कृष्ण शाह यात्रीको नयाँ नाटकसंग्रह ‘एक्लाएक्लै’ प्रकाशित भएको छ । तीन वर्ष यता लेखिएका नौ ओटा नयाँ नाटकहरु यस पुस्तकमा संगृहित छन् । यात्रीको यो छैठौं नाटकसंग्रह र ४२ औं साहित्यिक कृति हो ।

‘एक्लाएक्लै’ मा वैदेशिक रोजगारीमा गएर मृत्युवरण गरी लासका रुपमा कफिन (शवपेटिका)मा बन्द भएर हवाई अड्डामा उतारिएकाहरुको कथा व्यथा, आर्यघाटमा मुर्दा पोल्ने घाटेको मनोविज्ञान, भुकम्पमा घरमुनि पाँच दिन पुरिएर जीवित उद्धार भएका पात्रको मनोदशा, बुद्ध र आम्रपालीको सम्बन्ध, नेपालको संक्रमणकालीन अवस्था आदिलाई विषय बनाइएको छ ।

यस संग्रहका केही नाटकहरु काठमाडौं, ललितपुर, धरानलगायतका सहरमा मञ्चन भइसकेका छन् । यस अघि कृष्ण शाह यात्रीका ‘समय अवसान (२०६१)’, ‘मान्छे÷मान्छेहरु’ (२०६४), ‘निर्वासित मनहरु’ (२०६७), ‘अतिरिक्त यात्रा’ (२०६७) र ‘बामियानका चिसा बुद्धहरु’ (२०७१) जस्ता नाटकसङ्ग्रह प्रकाशित भइसकेका छन् । यात्रीका नाटकहरु त्रिभुवन विश्वविद्यालयसँगै विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन् । ‘एक्लाएक्लै’ नाट्यकृति डिकुरा पब्लिकेसनले प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment