Comments Add Comment

मधेसको राजनीतिमा केन्द्रित ‘संरक्षण’ ट्रेलर, सौगातलाई किन गरियो फोकस ?


साउन १३ गतेबाट रिलिज गर्ने भनेर चर्चा चलाएपनि अन्ततः निर्माता नरेन्द्र महर्जनले आफू निर्मित चलचित्र ‘संरक्षण’लाई साउन २७ गतेबाट हलमा ल्याउने भएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक गर्दै राजनीतिक बिषयमा तयार भएको चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको हो । पुर्नेन्दु प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रलाई नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, नन्दु श्रीवास्तव, स्वेता शाहको लगानी छ । पुर्नेन्दु झाले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, रमेश रञ्जन, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा मधेस आन्दोलन र देशको केन्द्रविन्दु काठमाण्डौलाई जोडिएको छ । चलचित्रको ट्रेलरमा नायक सौगात मल्ल हाबी छन् । मल्टिप्लेक्सका दर्शकलाई टार्गेट गर्नका लागि सौगातलाई ट्रेलरमा प्रमुख स्थान दिइएको हो ।

नायक निखिल उप्रेती केन्द्रित ट्रेलर चाडै नै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment