Comments Add Comment

यी हुन् २ सय ५६ वर्षसम्म बाँच्ने व्यक्ति

मान्छे अधिकतम कति वर्षसम्म बाँच्छ ? विज्ञान अनुसार मानिसको अधिकतम आयू भनेको करीब १२० वर्ष हो । तर यो दुनियामा केही यस्ता मान्छेहरु पनि भेटिन्छन् जो डेढ दुई सय वर्षसम्म बाँचको दाबी गरिन्छ ।

विकिपेडियामा एकजना चिनिया मानिसको बारेमा दाबी गरिएको छ की उनी २ सय ५६ वर्षसम्म बाँचेका थिए ।

 

लि चिंगको जन्म चीनको क्विंग शासनकालमा सिचुआनमा भएको थियो । उनको जन्म सन् १६७७ मा भएको थियो । १३ वर्षको उमेरमा उनले घर छाडेर पहाडमा गएर बस्न थालेका थिए । उनी ५१ वर्षको उमेरमा पहाडी बसाइबाट फर्केर तत्कालिन सेनामा काम गरे । उनी ७८ वर्षको उमेर सेवा निवृत्त भएको बताइन्छ ।

लि चिंगले सेनामा लामो समय काम गरेको कदर स्वरुप उनको १ सयौँ, डेढ सयौँ तथा २ सयौँ जन्मदिनको उपलक्ष्यमा तत्कालिन राजदरबारबाट उनलाई जन्मदिनको शुभकामना दिइएका कागजातहरु फेला परेका छन् ।

लि चिंगको मृत्यु १९३३ मा भएको रिपोर्टहरुले देखाएका छन् । यदि उक्त रेकर्डलाई आधार मान्ने हो भने उनी २ सय ५६ वर्षसम्म बाँचे ।

सन् १९०८ मा उनको बारेमा एउटा किताब पनि लेखिएको थियो । द सिक्रेट अफ ली ः लि क्विनगिन इमोर्टिलिटी नामक पुस्तकमा उनले स्वस्थ तथा अमर रहने कला सिकेको र सोही कारण त्यति लामो उमेर सम्म बाँचेको उल्लेख छ ।

पहाडी बास तथा सेनामा काम गर्नुका अतिरिक्त लि चिंग आफ्नो समयमा आयुर्वेद डाक्टर तथा मार्सल आर्टका खेलाडि पनि थिए । भनिन्छ उनले जिउने मन्त्र सिकेका थिए, त्यसैले उनी सधै निरोगी तथा तन्दुरुस्त रहे ।

अर्को रोचक कुरा त के भने उनले आफ्नो जिवनकालमा आफ्ना २३ जना पत्नीसँग बिहे गरे । ती सबै पत्नीहरु उनीभन्दा अगाडि मरेको हुनाले उनले आफ्ना सबै २३ जना पत्नीको अन्तिम संस्कार गरे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment