Comments Add Comment

लजालु वा कमजोर बच्चाको आत्माविश्वास कसरी बढाउने ?

बच्चाको आ-आफ्नै स्वभाव हुन्छन् । कोहि बच्चा चलाख हुन्छन्, आफ्नो कुरा भन्न सक्छन्, आत्माविश्वासी हुन्छन् । तर, कतिपय बच्चा लजालु स्वभावका हुन्छन् । उनीहरु खुलेर कुरा गर्न सक्दैनन् । आफ्नो मनको कुरा मनमै दबाएर बस्छन् । यस्तो बच्चाको आत्माविश्वास बढाउनु पर्छ ।

बच्चा लजालु हुनु, खुलेर बोल्न नसक्नु सहि होइन, अहिलेको जमानामा । अहिले धेरैजसो एकल बच्चा हुन्छन् । उनीहरु आफ्ना आमाबुवासँग मात्र बोल्ने, खेल्ने प्रवृत्तिका हुन्छन् । भिडमा वा अरु साथीहरुसँग सजिलै घुलमिल हुँदैनन् । यस्ता बच्चालाई समूहमा गएर खेल्ने, बोल्ने, रमाउने माहौल तयार गरिदिनुपर्छ ।


मनोवल गिराउने काम नगरौं
बच्चालाई सानैदेखि कमजोर बनाउनु हुँदैन । उनीहरुको आत्माबल उच्च हुनुपर्छ । कुनैपनि काम आत्माविश्वासका साथ गर्न सक्ने हुनुपर्छ । यसका लागि केहि उपयोगी टिप्स दिइएको छ ।

बच्चासँग हामीले जसरी बातचित गर्छौ, उनीहरुले आफुलाई त्यस्तै सम्झन्छन् । यदि तपाई खुलेआमा बच्चालाई लाज लाग्ने, आत्माविश्वास कमी हुने वा नकारात्मक भाव पैदा हुने कुरा गर्नुहुन्छ भने, त्यसले बच्चामा समस्या ल्याउँछ । त्यसैले बच्चासँग हरवखत सकारात्मक कुरा मात्रै गर्नुपर्छ । बच्चाप्रति यस्तो व्यवहार नगरौं, जसले उसको आत्मा मनोवल गिराउँछ ।

अन्य व्यक्तिसँग कुराकानी गर्न प्रेरित गरौं

हुनसक्छ, तपाईको बच्चा तपाईको साथी तथा परिचित व्यक्तिसँग सहज महसुष नगर्न सक्छन् । तर, तपाईको बच्चा आफ्ना उमेरका साथीसँग खेल्न, कुराकानी गर्न मन गर्छन् । बच्चाहरुको संवाद गर्ने र साथीसँग बस्ने आफ्नै शैली हुन्छ । तब, उनीहरुलाई आफ्नै ढंगले यस्तो काम गर्न छाडिदिनुहोस् । बच्चालाई उनकै साथी सर्कल भएको स्थानमा लगेर छाडिदिनुहोस् । कुनै पार्क, प्ले जोन, हबी क्लास वा प्ले स्कुलमा उनीहरुलाई भर्ना गर्नुपर्छ । यसले तपाईको बच्चा अन्य बच्चासँग घुलमिल गर्न र कुराकानी गर्न सक्छन् ।

आइपर्ने घटनाबारे बताउनुहोस्

नयाँ स्थानमा, नयाँ मानिसहरुको माझमा बच्चाले असहज मान्न सक्छन्, यदि उनीहरु लजालु स्वभावका छन् भने । त्यसैले उनीहरुको सहयोगका लागि अगाडिको योजना वा स्थितीको बारेमा जानकारी गराउनु पर्छ । तपाईले भन्नुपर्छ कि, त्यहाँ के हुनेछ, कसलाई भेटिदैछ, त्यहाँ कति समय बिताइनेछ भन्ने कुरा बताउनु पर्छ । यसैगरी जब पाहुना घरमा आउनेछन् वा कुनै पार्टीमा सहभागी हुँदै हुनुन्छ भने त्यहाँ के-के हुन्छ भन्ने कुरा बताउनुपर्छ । जे हुँदैछ, त्यसबारे उसलाई मानसिक रुपले तयार राख्नुपर्छ ।

हौसला बढाउनुहोस्

बच्चालाई कुराकानी गर्न, आत्माविश्वासी बन्न, आफ्नो विचार व्यक्त गर्नका लागि प्रेरित गर्नुहोस् । जब उसले कुनै राम्रो काम गर्ने प्रयास गर्छ, तारिफ गर्नुहोस् । थप हौसला दिनुहोस् । खेलकुदको माध्यामबाट पनि बच्चाको आत्माविश्वास बढाउन सकिन्छ । बच्चासँग खेल्नुहोस् र उसको जितमा रमाउनुहोस् । उसलाई जित्नका लागि थप उक्साउनुहोस् । यसरी क्रमस उनमा आत्माविश्वास बढ्छ । साथै बच्चाले हासिल गर्ने कुनैपनि उपलब्धीका बारेमा बताउनुहोस् ।

आँखामा आँखा जुधाएर कुराकानी गराउनुहोस्

जब तपाई आफ्नो बच्चासँग कुरा गर्नुहुन्छ, आँखामा आँखा जुधाएर कुरा गर्नुहोस् । उसलाई यो महसुष गराउनुहोस् कि, आई कन्ट्याक्ट बनाउनु महत्वपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment