Comments Add Comment

फुलेको केसलाई प्राकृतिक रुपले कालो बनाउने यस्तो काइदा

केस सेतो हुनु आम समस्या बन्दै गएको छ, अहिले । पाको उमेरमा मात्र होइन, किशोरवयमा समेत यस्तो समस्या देखिन थालिएको छ । जबकी विगतमा पाको उमेरमा मात्र केस फुल्ने गथ्र्यो, जो प्राकृतिक थियो । तर, अहिले यो समस्याको रुपमा देखा परेको छ ।

किनभने कुनैपनि उमेरका व्यक्तिको केस फुल्न थालेको छ । केस फुल्नुलाई बुढ्यौलीको संकेत मानिने भएकाले धेरैजना यसबाट लज्जित समेत हुने गरेका छन् । त्यसै केसलाई कालो बनाउन अनेकन उपाय खोजिरहेका हुन्छन् । यद्यपी घरेलु उपायबाट समेत फुलेको केसलाई कालो बनाउन सकिन्छ ।
किन फुल्छ त केस ? यसको एउटा मात्र उत्तर छैन । विगतमा उमेर पाको हुँदै जादा केस फुल्थ्यो । अहिले जुनसुकै उमेरका व्यक्ति समेत यसको सिकार बन्ने गरेका छन् । यसरी केस सेतो हुनुको कारण अनेक छन् ।किन फुल्छ केस ?

१. तनाव

२. सही खानपान नहुनु

३. धेरै हेयर प्रोडक्टको प्रयोग गर्नु

४. कमसल गुणस्तरको हेयर प्रोडक्ट प्रयोग गर्नु

५. प्रदूषण

के छ उपाय ?

केस कालो बनाउनका लागि धेरैले कालो रंग लगाउने गरेका छन् । केसमा कलर वा डाई गर्नु दीर्घकालिन समाधान होइन । यसले क्षणिक मात्रामा लाभ मिल्छ । साथै, रसायनिक असर समेत हुन सक्छ । त्यसैले घरेलु विधीबाटै यसको निदान खोज्नुपर्छ ।

चियापत्ती- प्रयोग गरिसकेको चियाको पात केसलाई कालो बनाउने काममा उपयोगी हुन्छ । यसलाई प्रयोग गर्न पनि सजिलो छ । २ चम्चा चियापत्ती पानीमा उमाल्ने । त्यसलाई चिसो हुन दिने । पानीलाई छनेर एउटा स्प्रे बोत्तलमा राख्ने । अब उक्त पानी केसमा स्प्रे गर्न सकिन्छ । यसलाई कम्तीमा एक घण्टासम्म रहन दिनुपर्छ । यसपछि स्याम्पू भने गर्नुहुन्न ।

नरिवल तेल

त्यसो त नरिवलको तेल केसको स्वस्थ्यका लागि फाइदाजनक हुन्छ । नरिवल तेलमा कागतिको रस मिसाउनुपर्छ । यस्तो मिश्रण प्रयोग गर्दा केस कालो र चम्किलो हुन्छ । केसको प्रकृति अनुसार नरिवल तेल लिनुहोस् र त्यसमा कागतिको रस मिसाउनुहोस् । त्यस मिश्रणलाई केसको जरासम्म पुग्नेगरी मसाज गरौ । हप्तामा दुई पटक यस्तो विधी गर्नुपर्छ ।

नीमको पात

नीमको पातमा नरिवलको तेल मिसाएर प्रयोग गर्दा केसमा पोषण पुग्छ । यसले केस बढ्नुका साथै फुल्ने समस्या पनि घट्छ । थोरै नीमको पात र नरिवलको तेल उमाल्ने । अब त्यसबाट पात झिक्ने र तेललाई सेलाउन दिने । उक्त तेल केसको जरासम्म पुग्ने गरी मसाज गर्नुपर्छ । १ घण्टापछि स्याम्पुले धुनुपर्छ । हप्तामा दुई पटक यो क्रिया दोहोर्‍याउनु पर्छ ।

मेथी पाउडर

मेथी पाउडरलाई नरिवलसँग मिलाउने । यो मिश्रण केसमा प्रयोग गर्दा सेतो हुने संभावना कम हुन्छ । आधा चम्चा मेथी पाउडरमा एक ठूलो चम्चा नरिवल तेल मिसाउनुपर्छ । त्यसलाई केसमा राम्ररी मसाज गर्नुपर्छ । डेढ घण्टापछि केस धुनुहोस् ।

केही टिप्स

– केसलाई धेरै कसिलो गरेर बाँध्नु हुँदैन । यसलाई लामो समय कपडा वा टोपीले छोप्नु पनि ठीक हुन्न, जसले यसको जरालाई कमजोर बनाउँछ ।

–   बजारमा सजिलै पाइने सस्तो स्याम्पू वा हेयर प्रोडक्टको प्रयोग गर्दै नगरौ ।

–   हप्तामा केहि पटक केसमा हेयर मसाज गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment