Comments Add Comment

सलमानको ट्यूवलाइट फ्यूज हुनुका यी हुन् पाँच कारण

सलमान खानको फिल्म ट्यूवलाइट पहिलो दिनमै बक्स अफिसमा धक्का खाएको छ । यस फिल्मले भारतमा व्यापारको नयाँ किर्तिमान बनाउने अपेक्षा गरिएको थियो ।

पहिलो दिनको व्यापारलाई हेर्दा सलमानका अघिल्ला फिल्म सुल्तान र बजरंगी भाइजानभन्दा ट्यूवलाइट निकै पछि पर्ने देखिएको छ । भरपुर मनोरञ्जनको आशा गरेर हलसम्म जाने दर्शकहरुलाई फिल्मले निराश बनाउनेछ ।

आखिर किन कमजोर बन्यो ट्यूबलाइट । यहाँ पाँचवटा कारण प्रस्तुत छन्ः

१. पहिलो कारण सलमान आफैं हुन् । सलमानलाई दर्शकहरुले जून रुपमा हेर्न चाहन्छन्, त्यो यसमा पाउँदैनन् । यसमा उनको कसिलो ज्यान र एक्सन हेर्न पाइदैन । उनले भुँडी बढाएका छन् र भावुक चरित्र निभाएका छन् ।

२. दोस्रो कारण हुन् सोहेल खान जसको फिल्ममा महत्वपूर्ण भूमिका छ । यदि यो रोलमा कुनै राम्रो चरित्र अभिनेतालाई लिइएको हुन्थ्यो भने फिल्म नै अर्कै बन्थ्यो । तर, सलमानले नातावाद देखाएर आफ्नै भाईलाई लिए । फिल्ममा उनले खासै प्रभाव छोड्न सकेका छैनन् ।

३. सलमानका फिल्महरु चल्नुमा सँगीतको पनि ठूलो भूमिका रहँदै आएको छ । तर, ट्यूवलाइटको संगीत पनि फ्यूज उडेको छ । ‘रेडियो’ बाहेक अरु कुनै पनि गीत दर्शक-स्रोताको दिमागमा बस्दैन ।

४. फिल्मको दोस्रो हाफ एकदमै सुस्त छ । यति सुस्त छ कि दर्शकहरु बीचमै मजाले ट्वाइलेट गएर आउन सक्छन् । निर्देशक कवीर खानको चुस्तता यहाँ झल्किदैन ।

५. फिल्मलाई अत्यधिक संवेदनशील बनाउन खोजिएको छ । फिल्मको इन्डिङ आवश्यकताभन्दा बढि भावुक छ । दर्शकहरुलाई यसले बिरलै छुन्छ ।

यी सबैका बाबजुद यस फिल्ममा केही राम्रा पक्षहरु पनि छन् । जस्तैः रेडियो बोलको गीत, ओम पुरीको उपस्थिति, जीशान अयूबको अभिनय, बाल कलाकार माटिनको क्यूटनेस, चिनिया अभिनेत्री जू जूको ब्यूटी आदी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment