Comments Add Comment

वर्षाले दलहरुको चुनावी सभा प्रभावित

१० असार, विराटनगर । शनिबार दिउँसो पानी परेपछि उखर्माउलो गर्मीमा झेल्दै आएका बिराटनगरबासीलाई केही शितलता प्रदान गरेको छ । तर, राजनीतिक दलहरुको चुनावी अभियान भने प्रभावित भएको छ ।

शनिबार माओवादी केन्द्र र संघीय समाजवादी फोरम तथा एमाले र नेपाल लोकतान्त्रिक पार्टीको संयुक्त चुनावी सभा थियो । तर, वर्षाले खल्लो वनाइदिएको छ ।

बिराटनगरमा माओवादी र फोरम तथा एमाले र लोकतान्त्रिकले चुनावी तालमेल गरेका थिए । माओवादी र फोरमले हाटखोलामा संयुक्त सभाको आयोजना गरेका थिए । कार्यक्रम चलिरहँदा उखर्माउलो गर्मी थियो । तर, अन्त्यतिर वषर्ा भएपछि कार्यक्रम नै खल्लो हुन पुगेको थियो ।

माओवादी महासचिव रामवादल थापा बादलले सम्वोधन गर्ने क्रममा पानी परेको थियो । उनले पानी पर्दापर्दै सम्वोधन टुङ्ग्याए । उनीपछि फोरम अध्यक्ष उप्रेन्द्र यादवले पनि पानीको प्रवाह नगरी सम्वोधन गरेका थिए ।

तर, कार्यक्रममा सहभागीहरुलाई भने नेताको भाषण सुन्नु भन्दा ओत खोज्न हतारो थियो । पानी जमेपछि कार्यक्रम स्थल नै हिलाम्ये हुन पुगेको थियो ।

यता एमाले र फोरम लोकतान्त्रिले संयुक्त रुपमा आयोजना गरेको चुनाावी सभा पानीको प्रभावित भयो । अपराहृन ४ वजे भनिएको कार्यक्रम १ घण्टा वितिसक्दा सुरु हुन सकेन । पानीको कारण साउण्ड सिस्टममा समेत समस्या आएको छ धो व्यानर पनि भिजेर त्यातिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment