Comments Add Comment

क्रिकेट नियममा ठूलो परिर्वतनः क्रिकेटरलाई पनि रातो कार्ड

१० असार, काठमाडौं । अब क्रिकेटरले मैदानमा गम्भीर गल्ती गरेमा एम्पायरले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउन सक्ने भएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको मुख्य कार्यकारी कमिटीले अनिल कुम्बले कमिटीको सिफारिस अनुसार क्रिकेट निययमा दुई ठूलो परिर्वतन ल्याउने निर्णय गरेको छ । यो अक्टोबर १ बाट लागू हुनेछ ।

यो परिर्वतन मध्ये एक हो, क्रिकेटरलाई रातो कार्ड । यो नियम अनुसार अब क्रिकटरले खेलका क्रममा मैदानमा खराब आचरण देखाए वा कुनै हिंसा गरेको अम्पायरले भेटेमा खेलाडीलाई मैदान बाहिर पठाउन सक्नेछ ।

तीन गल्तीमा खेलाडीले रातो कार्ड पाउन सक्छन् । अम्पायरलाई धम्क्याएमा, अरु खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment